अपराध सुरक्षा समाचार

सात बर्षीय बालिका बलात्कृत, अभियुक्त पक्राउ

सात बर्षीय बालिका बलात्कृत, अभियुक्त पक्राउ
जेठ, १२, रौतहट, सात बर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक ब्यक्तींलाई चन्द्रनिगाहपुरबाट पक्राउ गरेको छ । jail परिवारका सदस्य बाग्मती नदीमा गिटी कुट्न गएका थिए । घरमा अभिभावक नभएको मौका छोपि ५४ बर्षीय कपिलदेव साहले बालिकालाई बिस्कुट, चकलेट र ७० रुपैयाँ दिएर फकाउँदै आफ्नो घरमा लगेको पीडितले बताएकी छन् । घरमा पुगेपछि साहले बलात्कार गरेको पीडित बालिकाले प्रहरीलाई बताइन । प्रारम्भीक स्वास्थ्य परिक्षणबाट पनि बालिकाको बलात्कार भएको पुष्टि भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बताएको छ । थप उपचारको लागि बालिकालाई विरगंज लगिएको छ ।