समाचार

मोटरसाइकलको ठक्करबाट एक मृत्यु

मोटरसाइकलको ठक्करबाट एक मृत्यु
जेठ, १२, तनहुँमा मोटरसाइकलको ठक्करले सख्त घाइते वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । Honda_City_hit_by_motorcycle_1 पृथ्वी राजमार्गअन्तर्गत छाङ गाविस वडा नं ३ स्थित सेरामा मोटरसाइकलले ठक्कर दिएर घाइते भएका वृद्धको उपचारका क्रममा दिउँसो मृत्यु भएको छ । छाङ गाविस वडा नं २ निवासी ७४ वर्षीय निमनारायण मल्लको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मोटरसाइकलको ठक्करबाट सख्त घाइते भएका वृद्धको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो ३ बजे मृत्यु भएको हो । मोटरसाइकल चालक शुक्लागण्डकी नगरपालिका वडा नं ५ बस्ने २३ वर्षीय संयोज शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस