अपराध सुरक्षा समाचार

दुई छोरीको हत्यापछि आत्महत्या गर्ने प्रयास

दुई छोरीको हत्यापछि आत्महत्या गर्ने प्रयास
जेठ, १२,  दुई छोरीको हत्यापछि आत्महत्या गर्ने प्रयास गर्दागर्दै बिरगंजबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । prisoner-jail दुई छोरीको हत्या गरेको अभियोगमा बाराको कलैया बस्ने २२ वर्षीया सबिता देवीलाई प्रहरीले पक्राउ गरेको छ । उनले छोरी ४ बर्षीया काजल देवी र अनिता देवीलाई बिरगंज उपमहानगरपालिका १८, भेडीयाईस्थित खोलामा डुबाएर हत्या गरिन । छोरीको हत्या पछि सबिताले आत्महत्या गर्ने प्रयास गर्दा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । खबरपछि खटिएको प्रहरीले उनलाई पक्राउ गरेर अवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।