समाचार

बाढीले बगाउँदा दुई बालकको मृत्यु, चार घाइते

बाढीले बगाउँदा दुई बालकको मृत्यु, चार घाइते
जेठ, १२, बाजुरा जिल्लाको रुगिना गाविसको कवाडी खोलामा आएको बाढीले बगाउँदा दुई बालकको मृत्यु भएको छ भने चार घाइते भएका छन् । Gorge_Flood_2009 मृत्यु हुनेमा रुगिना गाविस वडा नं. ६ का १० वर्षीया निखील बुढा र ६ वर्षका दीर्घ बुढा रहेका छन् भने घाइतेको नाम आएको छैन । मङ्गलबार साँझ परेको पानीले कवाडी खोलामा बाढी आएको थियो । बाढीले त्यस बस्तीका ५० देखि ६० घर छाना पनि बगाएको छ । हालसम्म पूर्ण क्षतिको विवरण आइसकेको छैन । बाढीले स्थानीयको ३० बाख्रा, सात गाईसमेत बगाएको खबर छ । उक्त गाविस सदरमुकाम मार्तडीबाट ३० कोष टाढाअर्थात् तीन दिनको पैदलदुरीमा रहेको छ । उद्धारका लागि बिच्छ्याँ प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए । रासस