समाचार

एमालेका वरिष्ठ नेताले भने - नेतृत्व नसच्चिए विस्फोट हुनसक्छ

एमालेका वरिष्ठ नेताले भने - नेतृत्व नसच्चिए विस्फोट हुनसक्छ
काठमाडौं, १२ जेठ एमालेका वरिष्ठ नेताले अध्यक्ष केपी ओली नसच्चिए पार्टीमा रहेको उकुसमुकुस विस्फोट हुनसक्ने चेतावनी दिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। नेपाल अध्यक्ष ओली निरंकुश र अपारदर्शी ढंगले अघि बढेको उनीहरूको आरोप छ। मदन भण्डारी अध्ययन केन्द्रले मंगलबार गरेको कार्यशालामा नेता माधव नेपालपक्षीय नेता तथा कार्यकर्ता राजधानीमा भेला भएका थिए। उनीहरूलाई सम्बोधन गर्दै नेपाल र वरिष्ठ नेता झलनाथ खनालले ओलीको कार्यशैलीले पार्टी एकता कमजोर र गुटबन्दी बढेको भन्दै नेतृत्वको आलोचना गरे । उनीहरूले नेतृत्व चुन्ने विधि नै परिवर्तन गर्नुपर्ने धारणासमेत राखेका थिए । कार्यशालामा जिल्ला कमिटीका अध्यक्ष, पदाधिकारी, जनसंगठनका पदाधिकारीसहित चार सय ५० नेता–कार्यकर्ता सहभागी रहेको केन्द्रका महासचिव ठाकुर गैरेले जानकारी दिए।