पर्यटन

विमानस्थलमा बन्याे ‘यात्रु विश्राम गृह’

विमानस्थलमा बन्याे  ‘यात्रु विश्राम गृह’
काठमाडौं  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको ‘यात्रु विश्राम गृह’को उद्घाटन गरेका छन् । विश्रामगृहको उद्घाटन गर्दै मन्त्री पोखरेलले यसअघिको हलमा यात्रुलाई आवतजावत गर्न साँधुरो भएकाले फराकिलो ठाउँमा विश्राम गृह बनाइएपछि यात्रुलाई आवतजावतमा सहजता हुने बताए । रु ११ करोड ५६ हजार ६८० को लागतमा निर्माण गरिएको विश्रामगृहमा प्रस्थान, आगमन र कार्गो गरी तीन कक्ष रहेका छन् । [caption id="attachment_2113" align="alignnone" width="600"]बिमान फाेटाे फायल[/caption] विमानस्थलका नागरिक उड्डन प्राधिकरण कार्यालयका सिभिल इन्जिनियरिङ महाशाखाका उपनिर्देशक मुरारी भण्डारीले सन् २०१३ बाट सुरु गरिएको विश्राम गृह भूकम्प र नाकाबन्दीले गर्दा एक वर्ष ढिलो सम्पन्न भएको जानकारी दिए । विश्राम गृहको प्रस्थान कक्षमा २० वटा एयरलाइन्सका काउण्टर, सुरक्षा चेक कक्ष, विमानस्थल कार्यालय, टिकट कक्ष, ब्यागेज कक्ष र एटिम काउण्टर रहेका छन् भने आगमन कक्षमा ब्यागेज कक्ष, पसल, टेलिफोन बुथ र रेस्टुराँ रहेको छ ।प्राधिकरणको आफ्नै लगानीमा निर्माण गरिएको विश्राम गृह दुई हजार २०० वर्गमिटरमा फैलिएको छ ।

ADVERTISEMENT