पर्यटन

पर्यटकहरूकाे सहजका लागी गोसाइँकुण्ड पैदल मार्ग निर्माण हुँदै

पर्यटकहरूकाे सहजका लागी  गोसाइँकुण्ड पैदल मार्ग निर्माण हुँदै
रसुवा  गोसाइँकुण्ड जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सुरु गरिएको पैदल मार्ग निर्माण कार्य धमाधम अगाडि बढीरहेकाे  छ ।लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले स्याफ्रु गाविसको तिवारी खोला नदी किनारमा सो पैदलमार्ग बनाउन लागेको हो । यो मार्ग निर्माणसँगै गोसाइँकुण्ड जाने हजारौँ तीर्थयात्री र पर्यटकलाई यात्रामा सहज हुनेछ । [caption id="attachment_2110" align="alignnone" width="681"]गाेसाइ फाेटाे फायल[/caption] आयोजनाको कार्यक्रम संयोजक गौतम पौडेलका अनुसार कुण्ड जाँदा उकालो लाग्ने प्रवेशद्वारमै भिर भएको र त्यस भिरबाट हिँड्न असहज भएका कारण नदी किनारको कुनाबाट ग्याबिन तारको जालीमा ढुङ्गा भरी नयाँ पैदलमार्ग निर्माण गर्न लागिएको र हालसम्म ५० प्रतिशत कार्य पूरा भएको छ । सो पैदलयात्रा यही महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढी रहेको अबका दिनमा गोसाइँकुण्ड जाने सबै यात्रु उच्च मनोबलका साथ सहजरुपमा हिँड्न सक्नेछन् ।

ADVERTISEMENT