अपराध सुरक्षा समाचार समाज

नक्कली अमेरिकी डलर र भारतीय रुपैयाँ सहित ८ जना पक्राउ

नक्कली अमेरिकी डलर र भारतीय रुपैयाँ सहित ८ जना पक्राउ
जेठ, ११, काठमाण्डौ, महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले पाकिस्तानी एक नागरिकलाई नक्कली अमेरिक डलर र भारतीय रुपैयाँ सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थिलबाट पक्राउ गरेको छ । prisoner-jail कराँचीबाट दोहा हुँदै कतार एयरवेयजबाट काठमाण्डौ आएका पाकिस्तानी नगरिक सामा नाजलाई यही जेठ आठ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गोल्डेनगेट सिनामंगलबाट पक्राउ गरेको छ । उनीसँग नक्कली अमेरिकी डलर १९ हजार ५ सय र भारतीय रुपैयाँ ३६ लाख रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसरी नक्कली मुद्रा ल्याउने व्यक्तिहरुले सुटकेशमा फल्सबटम बनाई तथा विभिन्न खाद्य सामाग्रीका प्याकेटहरुभित्र जाली मुद्रा प्याकिङ गरी हवाईमार्गबाट काठमाडौँ ल्याउने गर्दछन् । काठमाडौँमा रिसिभ गरी स्थानिय वितरकलाई बितरण गर्ने गर्दछन् । काठमाण्डौलाई ट्रान्जिट बनाई नक्कली नोट अन्य सहरमा पु¥याउने गरेका प्रहरीले बताएको छ । यसरी विदेशबाट नक्कली मुद्रा पठाउने व्यक्तिलाई हुण्डीमार्फत रकम भुक्तान गर्ने गरेको प्रहरीले जनकाएको छ । नक्कली डलर नेपालमा पहिलो पटक बरामद भएको महानगरीय प्रहरी कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी बृत्त महाराजगंजबाट खटिएको टोलीले नक्कली भारतीय रुपैयाँलाई सक्कली भनी सटही गरिरहेको २ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई ३ लाख ३२ हजार ५ सय सहित महाराजगंज क्षेत्रबाट पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय, बिशेष व्यूरोको थप सूचनाको आधारमा सो कारोबारमा संलग्न अन्य ५ जनालाई समेत १६ लाख ५४ हजार ५ सय नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा जिरी–७ घर भई हाल धुम्बाराही बस्ने मीरा जिरेल, बुढानिलकण्ठ नगरपालिका–१ कपन बस्ने सुमन मल्ल, सप्तरी मलहनमा–९ घर भई धुम्बाराही बस्ने तारणीप्रसाद ठाकुर, भारत जमोई सिमुलतल्ला थाना, तेल्वाबजार घर भई सिरहा–७ मैसोथा बस्ने अरुण, जेसेफ, युसुफ खान, राजु, विजय गुप्ता भनी बताउने बैजनाथ गुप्ता, बुटवल–३ कालिकानगर रुपन्देही घर भई गोंगबु बस्ने विजयराज शर्मा, जुहाङ–५ गुल्मी घर भई टोखा नगरपालिका–१४ महादेवटार बस्ने सनद प्रधान र सिलगढी–२ डोटी घर भई कालोपुल बस्ने अमृतमान श्रेष्ठ रहेका छन् । पक्राउ परेका बैजनाथ गुप्ता लागूऔषध मुद्दामा २०५२ सालदेखि २०६७ सालसम्म केन्द्रीय कारागारमा थुनामा रहेको थिए । त्यस्तै बिजय शर्मा लागूऔषध मुद्दामा २०५८ सालदेखि २०६७ सालसम्म नख्खु कारागारमा थुनामा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।