अर्थ शेयर

बढ्दै छ नेप्से परिसुचक

बढ्दै छ नेप्से परिसुचक
जेठ, ११, काठमाण्डौ, मङ्गलबार नेप्से परिसूचक १४ दशमलव ९१ अङ्कले बढेको छ । पहिलो कारोबारदेखि उकालो लागेको बजार आधा घण्टाको व्यापारमा शून्य दशमलव ९८ प्रतिशतले बढेर १ हजार ५ सय ३८ दशमलव ९८ विन्दुमा पुगेको हो । share 2 यस व्यापार अवधिमा युनाइटेड इन्स्योरेन्सको रू.१ करोड ४९ लाख बराबरको शेयर कारोबार भएको छ । यस बीमा कम्पनीको प्रति शेयर मूल्य रू.१ हजार १ सयमा कारोबार भइरहेको छ । यस समयमा ८१ कम्पनीको रू.१९ रोड २१ लाख बराबरको कारोबार भएको हो । बीमा समूहको परिसूचक १ दशमलव ४१ प्रतिशत र बैङ्किङको १ दशमलव २ प्रतिशतले बढेको छ । विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव ६५ प्रतिशत बढेको छ । त्यस्तै, बीमा समूहको परिसूचक १ दशमलव ४१ प्रतिशत र बैङ्किङको १ दशमलव २ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव ६५ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव २९ प्रतिशत र जलविद्युतको शून्य दशमलव २ प्रतिशतले बढेको छ । ‘अन्य’को शून्य दशमलव ३ प्रतिसत बढेको छ ।