समाचार

प्रचण्डकी बुहारी बिनापनि आयोजक समितिमा

प्रचण्डकी बुहारी बिनापनि आयोजक समितिमा

नेकपा माओवादीको केन्द्रको महाधिवेशन आयोजक समितिमा अध्यक्ष प्रचण्डका तेस्री बुहारी बिना मगर पनि परेकी छिन् । मगर युद्धकालदेखि नै माओवादीको विभिन्न जिम्मेवारीमा रहंदै आएकी हुन् । बिनाले संविधानसभाको दोस्रो निर्वाचनमा प्रत्यक्षतर्फ टिकट समेत पाएकी थिइन् । राजनीतिक पृष्ठभूमीका दृष्टिले ६९९ जनाको जम्बो समुहमा पर्न उनी योग्य रहेको बताइन्छ । तर, सांस्कृतिक विचलनको मुद्धा हल नभइसकेको सन्र्दर्भमा बिनाको बढुवा चर्चाको विषय बनेको छ । अर्कैसंग बैबाहिक जीबनमा बांधिएकी बिना मगर र प्रचण्ड पुत्र प्रकाशले भागी विवाह गरेका थिए । अर्काको श्रीमान् र श्रीमतीसंग विवाह गर्नुलाई माओवादी आन्दोलनमा अक्षोम्य मानिन्छ । तर, बिना र प्रकाशका लागि बिबाह फापेको छ । पहिले प्रचण्ड निवासभन्दा बाहिरै बस्ने गरेका उनीहरु अहिले संगै छिन् । वैधानिक श्रीमती सृजना त्रिपाठीसंग कानूनीरुपमा सम्बन्ध बिच्छेद भइनसकेको छैन । त्रिपाठी नाबालक छोरासहित कास्कीस्थित माइतीको शरणमा छिन । त्रिपाठीसंग विवाह हुनुभन्दा पहिले प्रकाशले अर्कैसंग जनवादी विवाह गरेका थिए । सो विवाह केही समयमै विफल भएको थियो ।

bina magar prachanda son prakash dahal