समाचार

यात्रा गर्दा ख्याल गर्नुहोस्, यस्तो छ नेपालमा सडक दुर्घटनाको अवश्था

यात्रा गर्दा ख्याल गर्नुहोस्, यस्तो छ नेपालमा सडक दुर्घटनाको अवश्था
road-accident सडक तथा सवारी साधनको स्थिति नेपालमा ६५ हजार किलोमिटर सडकमा सवारी साधन गुड्छन् । यि सडकमा २० लाख सवारी साधन दिनहुं हुंइकिन्छन् । देशभरि चल्ने सवारी साधनको संख्या र काठमाडौं उपत्यकामा चल्ने सवारी साधनको संख्या बराबर छ । काठमाडौंको १५ सय किलोमिटर सडकमा १० लाख सवारी साधन गुडिरहेका हुन्छन् । बांकी ६३ हजार पांचसय किलोमिटर सडकमा १० लाख गाडी गुड्छन् । यो तथ्याङ्कबाटै काठमाडौं उपत्यकाको ट्राफिक अवश्था अनुमान गर्न सकिन्छ । स्थिति भयावह छ । ट्राफिक प्रहरीको तथ्याङ्ख अनुसार २०६५।६६ मा २७६५ वटा सडक दुर्घटना भएको थियो । यो सङ्ख्या २०६९।७० मा ४७७० पुग्यो । २०७१÷०७२ मा सडक दुर्घटना झनै तिब्र बन्यो । सडक दुर्घटनाको अवस्था २०६९।७० मा ४७७० दुर्घटनामा १४८ जनाले ज्यान गुमाएका छन् । २०७०।७१ मा ४६७२ दुर्घटनामा १४३ जनाले ज्यान गुमाएका छन । २०७१।७२ मा४९९९ दुर्घटनामा १३६ जनाले ज्यान गुमाएका छन । सडक दुर्घटनामा को दोषी प्रहरी तथ्याङ्कका अनुसार ६७ प्रतिसत दुर्घटना चालकको लापरबाहीले हुने गदर्छ । १६ बर्षदेखि २५ बर्ष उमेर समुहका चालकको लापरबाहीले ४९ प्रतिसत, २५ देखी ४० बर्ष उमेर समुहका चालकले ३५ प्रतिसत र ४० बर्ष माथिका चालकले चलाएका सवारी १६ प्रतिसत दुर्घटना हुने गरेको छ । २०७१ । ०७२ को प्रहरी रेकर्ड हेर्दा चालकको लापरबाहीले ४१३० र मापसेले गर्दा १५६ दुर्घटना भएको छ । त्यस्तै यान्त्रिक गडबडीले ६०, ओभरटेक ३८, पैदलयात्रुको लापरबाहीले १० र अन्य कारणले गर्दा ११ वटा सडक दुर्घटना भएको देखिन्छ । ट्राफिक प्रबक्ता लोकेन्द्र मल्ल सवारी दुर्घटना हुने प्रमुख कारण चालकलाई मान्दछन् । चालकले गर्दा नै धेरै जसो दुर्घटना भएको उनको भनाइ छ । खाल्डा खुल्डी बाटो, पैदलयात्री, यान्त्रिक गडबडी तथा अन्य कारणले पनि सवारी दुर्घटना हुने गरेको छ । के गर्दैछ ट्राफिक प्रहरी ट्राफिक प्रहरी प्रबक्ता लोकेन्द्र मल्ल सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीले दिनरात मेहनत गरेको बताउंछन् । जनताको सहयोग नपाएको उनको गुनासो छ । ट्राफिक प्रहरीले सडक दुर्घटना कम गर्न जनचेतनामुलक कार्यक्रमदेखि मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउन निषेध अर्थात मापसे कार्यक्रम संचालन गरेको छ । बिभिन्न कलेजदेखिसडकमा समेत लेन तथा ट्रापिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरिंदै आएको छ । प्रस्तुति: सागर बुढाथोकी

baburam road accident