अपराध सुरक्षा समाचार समाज

महिलाविरुद्धको हिंसाका उजुरी बढ्दोे

महिलाविरुद्धको हिंसाका उजुरी बढ्दोे
Women Voilance महिलाविरुद्धको हिंसा सम्बन्धी घटनाबारे आर्थिक बर्ष २०६५÷०६६ मा सात सय उनानव्वे उजुरी दायर भएका थिए प्रहरीमा । यो संख्या आर्थिक बर्ष ०७१÷०७२ मा आइपुग्दा तेब्बरले बढ्यो । प्रहरीको केन्द्रीय कार्यालयमा रहेको रेकर्डबाट हिंसाका विरुद्धमा उजुरी दिने क्रम बढेको देखिन्छ । हिंसा बढेर उजुरीको संख्या बढेको हो वा उजुरी दिने क्रम बढेको हो यसै भन्न सकिदैन । प्रहरी प्रधान कार्यालयले प्रहरीसमक्ष पीडितको पहुंच बढेकाले उजुरी बढेको दाबी गरेको छ । सूचना र प्रविधिको विकास तथा समयको परिवर्तनसंगै हिंसाको प्रकारमा पनि वृद्धि भएको छ । हिंसाको दायरापनि फराकिलो भएको छ । कुनै महिलालाई घोरिएर हेर्नुपनि हिंसाको रुप हुने गर्दछ । दाइजो नल्याएको, छोरो नजन्माएको, चरित्र राम्रो नभएको आदिइत्यादि आरोपमा हुने हिंसा छंदैछन् । महिला विरुद्धको हिंसामा प्रहरीसंगको तथ्याङ्क यस्तो छ ।

२०६५÷६६ ७८९ २०६६÷६७ ८३० २०६७ ÷६८ १०४९ २०६८÷६९ ११३८ २०६९÷७० १४८६ २०७०÷७१ २०१७ २०७१÷७२ २३४८ २०७२÷७३ बैशाख सम्म १५९७

बलत्कार, चरित्र हत्या, ब्लयाकमेल, सार्वजनिक यातायातमा सास्ती, धार्मिक कारणले हुने विभेदकआदि कारणलेपनि महिलामाथि हिंसा हुने गरेको छ । पीडकलाई उम्काउनका लागि वा सजाय कम दिलाउनका लागि कानूनमा विभिन्न प्रावधान राखिएकाले पनि हिंसाको क्रम बढिरहेको अधिकारकर्मीको गुनासो छ । जुनसुकै अबस्थामा पनि पीडकले सजाय पाएमा महिला हिंसा धेरै नै घट्ने महिला कानुन र बिकास मंञ्चकी अध्यक्ष मिरा ढुड्गाना बताउछिन् । जनचेतना बढाउनु नै महिला हिसां न्युनीकरण गर्ने प्रमुख आधार भएको शिक्षक लक्ष्मी कटुवालको सुझाव छ ।

प्रस्तुतिः सागर बुढाथोकी

विशेष