समाचार

नयां पार्टी गठनका बारेमा बाबुराम भट्टराईको पत्रकार सम्मेलन

नयां पार्टी गठनका बारेमा बाबुराम भट्टराईको पत्रकार सम्मेलन
baburam-bhattaraiनयांशक्ति अभियानका संयोजक डाक्टर बाबुराम भट्टराईले पार्टी गठनका बारेमा पत्रकार सम्मेलन गर्दैछन् । दिउंसो २ बजे अभियानको बबरमहलस्थित कार्यालयमा भट्टराईले पार्टी गठनको तयारीका बारेमा पत्रकारसंग अन्तरक्रिया गर्न लागेका हुन् । भट्टराईले असोज दोस्रो साता माओवादीको सदस्यसमेत नरहने गरी राजिनामा दिएर नयां पार्टी गठन अभियान थालेका थिए । प्रचण्डको नेतृत्वमा माओवादीका १० घटक एकीकृत भएको भोलिपल्टै भट्टराईले पार्टी गठनका बारेमा पत्रकार सम्मेलन गर्नुलाई अर्थपूर्ण मानिएको छ । बिहीबार भट्टराई संयोजकत्वको अभियानको कार्यालय नजिकै रहेको पार्टी प्यालेसमा प्रचण्ड नेतृत्वको केन्द्र घोषणा गरिएको थियो । पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विगतमा माओवादीमै रहेका डाक्टर बाबुराम भट्टराईलाई फर्कन आग्रह गरेका थिए । उनले प्रचण्डको आग्रहलाई पत्रकार सम्मेलनमार्फत जवाफ फर्काउने बताइएको छ ।

baburam baburam bhattarai nepal politics party gathan