समाचार

सबैभन्दा धेरै पार्टीको नेतृत्व सम्हाल्ने रेकर्ड राखे प्रचण्डले, नेकपा मशालदेखि माओवादी केन्द्रको नेतृत्वमा प्रचण्ड (बंशावलीसहित)

सबैभन्दा धेरै पार्टीको नेतृत्व सम्हाल्ने रेकर्ड राखे प्रचण्डले, नेकपा मशालदेखि माओवादी केन्द्रको नेतृत्वमा प्रचण्ड (बंशावलीसहित)

माओवादी पृष्ठभूमीका दश सानाठूला पार्टी र घटकका बीचमा एकता भएको छ । एकीकृत नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादीलगायतका पार्टीका बीचमा एकता भइ नेकपा माओवादी केन्द्र गठन भएको छ । केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चुनिएका छन् । योसंगै धेरै पार्टीको नेतृत्व गर्ने नेताकारुपमा प्रचण्डको रेकर्ड कायम भएको छ । नेकपा चौथो महाधिवेशनबाट अलग भइ बनेको नेकपा माओवादी नेकपा माओवादी केन्द्रमा रुपान्तरण भएको छ । नेकपा मशालदेखि केन्द्रसम्मको मुख्य नेतृत्वमा प्रचण्ड नै रहदै आएका छन् । यतिधेरै पार्टीको नेतृत्व अन्य नेताले गर्ने अवसर पाएका छैनन् । प्रचण्डले एकता समारोहमा आफ्नो जीबनमा विरलै देखिने संयोग आइपरेको भन्दै आफ्नो राजनीतिक इतिहासको विश्लेषण गरेका थिए । उनले माओवादीहरुको विजयको यात्रा शुरु भएको घोषणा गरेका छन् । माओवादी केन्द्रकोे वंशावली यस्तो छ ।

१) नेकपा (चौथो महाधिवेशन) २) नेकपा (मशाल) ३) नेकपा (एकता–केन्द्र) ४) नेकपा (माओवादी) ५) एकीकृत नेकपा (माओवादी) ६) नेकपा (माओवादी–केन्द्र)

ADVERTISEMENT