समाचार

नाराणगढ मुग्लिङ सडक खण्डमा यात्रु सहित एम्बुलेन्स अल्पत्र

नाराणगढ मुग्लिङ सडक खण्डमा यात्रु सहित एम्बुलेन्स अल्पत्र
13242160_10153659678536636_814663295_o नाराणगढ मुग्लिङ सडक खण्ड विहान ४ बजेदेखि ट्राफिक जाम परेको छ । जामको कारण विरामीलिएर आउँदै गरेका एम्बुलेन्स पनि विच बाटोमै अल्पत्र परेका छन् । जामलाई व्यवस्थित गर्नको लागि जाम स्थिलमा ट्राफिक परिचालन हुन नसक्दा यात्रुहरु अलपत्र परेका यात्रुको गुनासो रहेको छ । अनिस्चित जामको कारण यात्रु अन्यालोमा परेका छन् । एसियन हाइवे अन्तर्गत नाराणगढ मुग्लिङ सडक खण्ड फरकाकिलो बनाउने कार्य चलिरहेको छ । मर्मतको लागि बाटोमा राखिएका सामाग्रीहरु यत्रतत्र छोडिएको हुँदा जाम परेको यात्रुहरुले बताइए । निर्माणलाई तीब्रता दिन दैनिक चार घण्टा बाटो बन्द गरिए पनि काम भने सुस्तै छ । खण्डखण्डमा कामदार परिचालन भए पनि बाटो नै बन्द गरेर काम गर्ने जनशक्ति यहाँ देखिँदैन । विश्व बैंकको दुई अर्ब ९० करोड रुपैयाँको आर्थिक सहयोगमा सडक निर्माण थालिएको हो । चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो । 13214850_10153659693221636_1090905975_o यो सडक खण्डको तीन ठाउँमा तीन वटा ठेकेदारले ठेक्का पाएका छन् । आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का पाएका छन् । कालिखोलादेखि मुग्लिनसम्म र सेतीदोभान र घुमाउनेमा पहाड फोरेर बाटो चौडा गर्नुपर्ने हुन्छ। सो क्षेत्रमा हाल पाँच मिटर चौडा पिच बाटो रहेको छ ।

ADVERTISEMENT