कभर स्टोरी

मोहना अनसारीको जवाफ : आईजिपीलाई सोध्नुहोस

मोहना अनसारीको जवाफ : आईजिपीलाई सोध्नुहोस
tik bahadur rai प्रहरीको निर्मम यातनाबाट गत बैशाख २८ गते नेपाल मेडीकल कलेज जोरपाटीमा मृत्यु भएको भनिएका टिक बहादुर राईको हालसम्म पनि पोष्टमार्टम रिर्पोट आउन सकेको छैन् । मृतकका दाजु बल बहादुर राईका अनुसार उनीहरुलाई राष्ट्रिय मानव अधिकार आयोगका कर्मचारीले प्रहरीमा जाहेरी दिनको लागि रोक लगाएका छन् । “मानव अधिकारका सरहरुले जान नभनुन्जेल हामी जाँदैनौँ” । मृतकका दाजूले भने, “पहिले उहाँहरुको अनुसन्धान पुरा होस अनि मात्र जान्छौ ।” यता महानगरीय प्रहरी बृत बौद्धका डिएसपी विपिन रेग्मी ले भने उजुरी गर्न छिटो प्रहरी कार्यलयमा आउन अनुरोध गरेका छन् । जाहेरी नआउनाले मृतकको पोष्टमार्टम समेत हुनसकेको छैन, “उनीहरु किन प्रहरीमा जाहेरी दिन नआइ राष्टिय मानव अधिकार आयोगमा गएका हुन त्यो मैले बुझ्न सकेको छैन ।” डिएसपी रेग्मीले भने “हामी जस्तो सुकै किसिमको जाहेरी पनि बुझ्न तयार छौँ ।” अहिलेसम्म पनि शिक्षण अस्पताल महाराजगंजमा मृतकका आफन्तहरु शव बुझ्न गएका छैनन् । [caption id="attachment_1070" align="aligncenter" width="750"]rastriya-manab-adhikar समाचर संकलनमा रोक लगाउने कर्मचारी[/caption] उता आयोगले अनुसन्धान गरिरहेको ठाउंमा फोटो खिच्न पाईदैन भनेर खिचिसकेको फोटो समेत डिलिट गर्न आयोगका कर्मचारीले शिविर वरपरका मानिसहरुलाई उत्तेजीत पार्दै घटनाको समाचार संकलन गर्न रोक लगाएका थिए । तर नेपालको प्रेष निति आनुसार सरकारले प्रतिबन्ध गरेको ठांउ बाहेक कुनै पनि सार्वजनिक स्थलमा गई पत्रकारहरुले समाचार संकलन गर्न पाउछन । ति कर्मचारी आफुले भने आफ्नो परिचय खुलाएनन । के भन्छन आयोगका प्रवक्ता [caption id="attachment_1231" align="aligncenter" width="791"]फोटो: बि बि सि फोटो: बि बि सि[/caption] राष्टिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले टेलिफोन सम्बादमा भनिन्, आयोगले कुनै पनि विषयमा अनुसन्धान गरिरहेको छ कि छैन भनेर सूचना दिन मिल्दैन । नेपालको संविधानले नैसर्गिक अधिकार अन्तरगत सूचनाको हक नेपाली जनतामा प्रत्यभुती गरेको छ । खोज पत्रकारिता गरिहेका एउटा पत्रकारले सामान्य जानकारी माग्दा उनले अपमान जनक शब्द बोल्दै राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता एवं सदस्य मोहना अनसारीले भनिन्, “यो विषयमा हामीले कुनैपनि सूचना दिदैनौँ । केही जानकारी छ भने प्रहरीका आइजिपीलाई सोध्नुहोस्, मलाई सोध्ने विषय होइन ।” अनलाइन दर्ताप्रति प्रश्न गर्दै अन्सारीले भनिन “तपाई अनलाइनको पत्रकार हुँदैमा मलाई प्रश्न गर्न पाउनु हुन्न ।” राष्ट्रिय मानवअधिकार आयोग विभिन्न अन्तराष्ट्रिय सन्धी, अभिसन्धी र घोषण पत्रले गर्दा सर्वाेच्व निकाय बनेको छ । तर नेपाल सविधान अन्तरगतको संवैधानिक निकाय हो । के कानुन संवत आयोगका पदाधिकारीहरुबाट बोलिने अपमानजनक शब्दहरुप्रति प्रश्न गर्न पत्रकारहरु योग्य छैनन् त ? यस अघि पनि १६ मार्चमा जनेभामा भएको ३१ औँ सत्रमा मोहना अन्सारीले राष्ट टुक्राउछु भन्दै हिड्ने सिके राउतको विषयमा व्यक्त गरको धारणाको कारण प्रधानमन्त्री समेत चिडिएका थिए । उनी प्रधानमन्त्रीले राष्ट्रिय मानवअधिकार आयोगलाई प्रश्न गर्न पाइँदैन भनेर चर्चामा आइन । प्रधानमन्त्री समेतलाई चुप लगाउन सक्ने अन्सारीको अगाडि विचरा पत्रकारको के लागोस । के भन्छन् प्रहरी प्रवक्ता ? नेपाल प्रहरी केन्द्रीय प्रवक्ता माधव प्रसाद जोशीले भने “हामीले टिक बहादुर राईको मृत्युमा प्रहरीको संलग्नता छ कि छैन भनेर छानविन सुरु गरिसकेका छौँ । एक दुई दिनमै प्रतिवेदन आउँछ ।” तर आयोगकी प्रवक्ता मोहना अन्सारीले प्रहरी आईजिपीलाई नै गएर सोध्न भन्ने विषयमा केही प्रतिक्रिया दिएनन् । “यो उहाँको कुरा हो किन भन्नुभयो उहाँ आफैलाई थाहा होला ।” मृतकका आफ्नको कुनै उजुरी न आएपनि प्रहरी आफ्नै ढंगले जिम्वारी वहन गर्दै सो घटनाको सत्यतथ्य खोजि गर्ने बताए ।

human rights Mohna Ansari Mohona Ansari national human rights commission Nepal Police