विदेश

लण्डन पूर्व मेयरले ईयुको उद्देश्यलाई हिटलरसँग तुलना गर्दै

लण्डन पूर्व मेयरले ईयुको उद्देश्यलाई हिटलरसँग तुलना गर्दै
3623415599 ब्रिटेन ईयुमा जाने कि नजाने जनमत संग्रह हुँनै लाग्दा लण्डनका पूर्व मयर युरोपिन संघको उद्देश्यको तुलना हिटलरको लक्ष्यसँग दाँजेका छन् । कन्जरभेटिव पार्टीका सांसद वारिस जानसनले ईयुको उद्देश्यलाई यसरी दाजेका हुन । उनका अनुसार अनुसार ‘हिटलर जस्तै युरोपियन संघले पनि सबै युरोपलाई एउटै नेतृत्वमा राख्न खोजेको छ ।’ जानसनले अगाडि भने ‘नाजी नेता र नेपोलियन दुवैको युरोपलाई एउटै बनाउने सपना सकार हुन सकेन र अव युरोपीन संघ अलग तरिकाले यस उद्देश्यलाई पुरा गर्न खोजिरहेको छ ।’ ब्रिटेनमा मे २३ मा जनमत संग्रह हुँदै छ । अव मतदाताले फैसला गर्ने छन् ब्रिटेन युरोपिन संघमा जाने कि त्यसबाट बाहिर बस्ने । जानसनको आलोचना गर्दै लेबर सांसद ईवेट कुपरले पूर्व लण्डन मेयर जानसनलाई खराव खेल खेलेको आरोप लगाए । फिंडलेण्डक मन्त्री एलेक्सान्डर स्टब्बले जानसनको तुलनालाई अचम्म पार्ने र अपमानजनक भएको बताए । आइतबार फोनमा कुरा गर्दै जानसनले भने युरोपियन इतिहासमा बारबार यस्तो देखिएको छ । जानसनले भने ‘नेपालियन, हिटलर, अरु धेरैले यस्तो कोशिष गरिसकेका छन् तर हरेका पटक उनीहरुको दुखद अन्त्य भयो । इयुले यसै कोशिस अलग अलग तरिकाले गरिहेको छ ।’ उनले तर्क थियो मौलिक समस्या प्रति युरोपको सोचमा कोही पनि इमान्दार छैनन् । यस्तो कुनै बल छैन जसले सबै कुरा बुझ्न सकियोस र इज्जत मिलोस । ब्रिटेन इयुमा रहने पक्षमा अभियान चलाउनेले पनि जानसनको बयान खतरानकर र अपमानजनक रहेको बताएका छन् ।