समाचार

निशुल्क डायलासिस उपचारको लागि सरकारले तोक्यो आस्पताल (सुची सहित)

निशुल्क डायलासिस उपचारको लागि सरकारले तोक्यो आस्पताल (सुची सहित)
bir-hospital मृगौला रोगीका लागि निशुल्क हेमोडायलासिस सेवा उपलब्ध गराउने सरकारको निर्णयसँगै मृगौला रोगीलाई ठूलोे आर्थिक राहत पुग्ने भएको छ । विहिवार बसेको मन्त्री परिषद्को बैठकले यो निर्णय गरेको हो । कम्तीमा मासिक कम्तीमा २४ हजार तिरेर हेमोडायलासिस सेवा लिइरहेका मृगौला रोगीले अब उक्त रकम तिरेर डायलसिस गराउनुपर्ने छैन । नेपालमा एक हजार छ सय जना मृगौला रोगीले नियमित डायलासिस गराउँदै आएका छन् । यस अगाडि सरकारले एक वर्ष निशुल्क डायलासिस सेवा उपलब्ध गराउँदै आएकोमा रोगीको आन्दोलनपछि गत वर्षबाट दुई वर्षमा वढाएको थियो । नेपालमा वार्षिक तीन हजार व्यक्तिको मृगौला पूर्ण रुपमा फेल हुने गरको छ भने कुल जनसंख्याको १० प्रतिशत मृगौलासम्बन्धी कुनै नकुनै समस्या देखिएको छ । 13233360_517789588411272_1220298752_n मृगौला रोगीले दुई वर्ष डायलासिसले मात्र नहुने भन्दै जीवन भर डायलासिस सेवा निशुल्क हुनुपर्ने माग राख्दै आएका थिए । डायलासिस र प्रत्यारोपाणका लागि घरजग्गा विक्रि गर्दा पनि मृगौलाको उपचार गर्न नसकिने भन्दै रोगीहरु वषौँदेखि आन्दोलित थिए । मृगौला रोगकै उपचार गर्दागर्दै घरसम्पती गुमाएपछि कतिपय मृगौला रोगीले आत्महत्या समेत गरेका थिए । मृगौला फेल भइसकेपछि सामान्य जीवन निर्वाह गर्न महिनामा १० देखि १२ पटकसम्म डायलासिस गर्नु पर्ने हुन्छ । एक पटक डायलासिस गराउँदा तीन हजार खर्च हुन्छ । वरिष्ठ मृगौला रोग विशेषज्ञ ऋषीराज काफ्लेका अनुसार आजीवन डायलासिस गराउने सरकारको निर्णय स्वागत योग्य छ । तर कस्ता विरामीलाई प्राथमिकतामा राख्ने र निशुल्क सेवा प्रदान गर्ने यसको निर्णय भइसकेको छैन । कसरी पाइन्छ उपचार खर्च ? सबैभन्दा पहिला रोगको पहिचान हुनु पर्दछ । रोग पहिचानपछि डाक्टरको पूर्जी (प्रिस्किप्सन) दिने छन् । त्यसपछि बसोबास गरिरहेको गाबिस वा नगरपालिकाबाट विपन्न नागरिक सिफारिस पत्र लिनुपर्छ । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस पत्र लिएर उपचारको सिफारिस बनाउनु पर्दछ । उसले तोकेको अस्पतालबाट उपचार सहायता प्राप्त गर्न सकिन्छ । उपचार आफूलाई घर पाएक पर्ने ठाउँ रोजेर गर्न सकिन्छ । विरामीले निशुल्क डायलासिस उपचारको लागि कहाँ सम्पर्क गर्ने ?

वीर अस्पताल, काठमाडौं शिक्षण अस्पताल, महाराजगन्ज विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन कान्ति बाल अस्पताल, महाराजगन्ज, काठमाडौं नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्ज कोशी अञ्चल अस्पताल, विराटनगर जनकपुर अञ्चल अस्पताल, धनुषा मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर राष्ट्रिय मिर्गौला उपचार केन्द्र, बनस्थली काठमाडौं नेपालगन्ज मेडिकल कलेज, कोहलपुर नेपाल मेडिकल कलेज, जोरपाटी, काठमाडौं युनिभर्सल मेडिकल कलेज, भैरहवा चितवन मेडिकल कलेज, चितवन कलेज अफ मेडिकल साइन्सेस, चितवन मणिपाल मेडिकल कलेज, पोखरा बि एण्ड बि अस्पताल, ललितपुर नेशनल डायलसिस सेन्टर, एकान्तकुना, ललितपुर गोल्डेन अस्पताल, विराटनगर धुलिखेल अस्पताल, काभ्रे गण्डकी मेडिकल कलेज, पोखरा आरोग्य स्वास्थ्य प्रतिष्ठान, ललितपुर विराट अस्पताल, विराटनगर

nisulka dialysis
ADVERTISEMENT