यी हुन् सरकारी गाडी आगजनी गर्नेहरु, राष्ट्रपतिकी सहयोगी, सरकारी कर्मचारीदेखि नेताका भतिजासम्मले यसरी मच्चाए ताण्डव


शुक्रबार दिउँसो तुलसीलाल अमात्य स्मृति भवनमा गोपीरमण उपाध्यायको किताव बिमोचन हुँदै थियो । त्यहाँ उपस्थित थिए नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी ओली । ओलीसँग युवा संघका केही नेताले कानेखुशी गरे । त्यसपछि उनीहरु बाहिरिए । बुद्धनगरस्थित युवा संघको कार्यालय छेवैमा इन्द्रेणी कम्प्लेक्स छ । शुक्रबार सार्वजनिक बिदा भएपनि सरकारी उच्च अधिकारी इन्द्रेणी कम्प्लेक्स पुगेका थिए । उनीहरुले गाडी बाहिर बाटोमा पार्किङ गरेका थिए । ओलीसँग खासखुस गरेर बाहिरिएका युवा संघका नेताहरु आफ्नो कार्यालयमा केही बेर छलफलमा व्यस्त रहे । त्यसपछि रामजी सापकोटा, विपिन ढकाल र अशोक रावल निरीक्षणका लागि इन्द्रेणीतिर लागे । खगराज अधिकारी स्वास्थ्यमन्त्री हुँदा प्राविधिकको जागिर पाएका सरकारी कर्मचारी रामजी सरकारी गाडी आगजनी गर्ने योजनामा सामेल थिए । उनलाई साथ दिएका थिए एमाले उपाध्यक्ष भीम रावलको भतिज नाता पर्ने अशोक रावलले ।

कार्यक्रम थियो चक्काजामको, भयो अर्कै युवा संघले बुटवल र नेपालगंजमा आफ्ना कार्यकर्तामाथि भएको हमलाको विरोधमा शुक्रबार साडे तीन बजे काठमाडौंमा चक्काजाम गर्ने कार्यक्रम तय गरेको थियो । सोका लागि युवा संघका नेता कार्यकर्ता माइतीघर आउँदै थिए । उनीहरु पुग्नुभन्दा पहिले नै बानेश्वरमा युवा संघको एउटा समुहले ताण्डव गरिसकेको थियो जुन समुह तुलसीलाल अमात्य स्मृति भवनमा पार्टी अध्यक्ष केपी ओलीसँग कानेखुशी गरेर बाहिरिएको थियो । बानेश्वरमा आगजनी भएपछि चक्काजामको कार्यक्रम बिथोलिएको थियो । त्यसपछि युवा संघको कार्यलयमा पुगेका नेता कार्यकर्ताले सबै कुरा बुझेका थिए । कार्यालयका घरबेटीले मुख्य ढोका लगाइदिएका थिए । [caption id="attachment_48289" align="aligncenter" width="955"]

रविन्द्रले भनेझैं प्रहरीले पक्राउ गर्ला ? नेकपा एमालेका युवा नेता एंव सांसद रविन्द्र अधिकारीले सरकारी गाडीमा आगजनी गर्नेलाई पक्राउ गर्न सरकारसँग माग गरेका थिए । उनले सामाजिक संजालमा स्टाटस लेख्दै हिंसा एमालेको नीति नभएको र आगजनी गर्ने जो भएपनि कानूनी दायारामा ल्याउनुपर्ने जनाएका थिए । आगजनी गर्ने व्यक्तिहरु राष्ट्रपतिकी सहयोगी देखि सरकारी कर्मचारी तथा युवा संघका पदाधिकारी रहेको सत्य खुलेको छ । के यिनीहरुलाई पक्राउ गर्न एमाले राजी छ ? अधिकारी स्वंय सहमत होलान् ? प्रश्न गम्भीर बनेको छ ।
घोषणा एउटा, व्यवहार अर्कै नेकपा एमालेले संविधानसभाको दोस्रो निर्वाचनमा कुनैपनि बाहानामा बन्द हडताल र तोडफोड नगर्ने वाचा गरेको थियो । प्रतिपक्षको बेन्चमा बस्न थालेसँगै एमालेका नेता कार्यकर्ता एकपछि अर्को बन्द हडताल र तोडफोडमा लागेका छन् । एमालेको घोषणा आफैँलाई घाँडो बनेको भनि टिकाटिप्पणी व्याप्त छ । gadi aaglagi ramesh poudel ramji sapkota saraswati khadka sumitra thapa