विचित्र विश्व

११ वर्षे बालकको भाषण चोर्ने राष्ट्रपति विरुद्ध मुद्दा

११ वर्षे बालकको भाषण चोर्ने राष्ट्रपति विरुद्ध मुद्दा

६ कक्षामा पढ्ने एकजना बालकले राष्ट्रपति कार्यालयविरुद्ध गम्भीर आरोप लगाउँदै मुद्दा हालेका छन् ।  पाकिस्तानका ११ वर्षिया बालकले राष्ट्रपति ममनून हुसेनको कार्यालयमाथि आफ्नो एक भाषण चोरी गरेकोे अभियोग लगाएका छन् ।

आफूले पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाहको जन्म जयन्तीका लागि तयार गरेको भाषण राष्ट्रपति कार्यालयले चोरी गरेको आरोप उनको छ ।  मोहम्मद सबील हैदरले आफ्ना पिता नसीम अब्बास नासिरलाई वारेस राख्दै इस्लामावाद उच्च अदालतमा राष्ट्रपति कार्यालयविरुद्ध मुद्दा हालेका हुन् ।

जसमा राष्ट्रपतिको सचिव, राष्ट्रपति कार्यालयका अतिरिक्त सचिव, शिक्षा निर्देशनालय कलेजका निर्देशक, पाकिस्तान विद्युतीय मिडिया नियामक प्राधिकरण, पाकिस्तानी टेलिभिजनका प्रबन्ध निर्देशक तथा इस्लामावाद कलेज फर गल्र्सका प्रधानाध्यापक लगायतलाई प्रतिवादी बनाइएको छ ।

आफूले लिखितरुपमा तयार गरी आफ्नै आवाजमा रेकर्ड गर्नका लागि दिएको भाषण आफूलाई रेकर्ड गर्न नदिई अर्कै स्कुलकी छात्राको नाममा रेकर्ड गराइएको दाबी उनको छ ।

राष्ट्रपति कार्यालयविरुद्ध बौद्धिक सम्पत्तिको चोरीलगायतका अभियोगमा मुद्दा दायर गरिएको हैदरका वकिलले जनाएका छन् ।

Pakistan President of Pakistan