प्रविधि स्वास्थ्य

फेसबुकले क्रिसमसलाई दयनीय बनाउन सक्ने

फेसबुकले क्रिसमसलाई दयनीय बनाउन सक्ने
पुस–७ । फेसबुकमा अधिक समय खर्च गरेमा यस पालिको क्रिसमस मानिसको लागि दयनीय बन्ने एक नयाँ अनुसन्धानले बताएको छ । आफन्त र साथीसँग क्रिसमस मनाउँदा इन्टरनेटबाट केही समय पर हुन सहयोग गर्ने छ तर कैयौँ व्यक्ति भने फोटो, भिडियो हाल्न भन्दै फेसबुकमै बस्ने छन् । तर फेसबुकमा सधैँ रहिरहँदा अरुले हालेको फोटो वा भिडियोले अप्राकृतिक समाजको तुलनाबाट इष्र्या हुने र क्रिसमस दयनीय बन्ने अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धानअनुसार दैनिक सामाजिक सञ्जालमा रहने कारणले भावनामा र सन्तुष्टिमा असर पुग्ने छ । त्यस्तै गरे सामाजिक सञ्जालबाट केही समय विश्राम लिएमा मानिसलाई सकरात्मक र हित गर्ने युनिभर्सिटी अफ् कोपेनह्यागेनका मोर्टेन ट्रोमहोल्टले बताएका छन् । यस अनुसन्धानको लागि १,००० भन्दा बढीलाई सहभागि गराइएको थियो । सहभागिहरुलाई दुई समूहमा विभाजित गरियो र एक समूहले अरु समय जसरी नै समाजिक सञ्जालमा व्यस्त रहे भने अर्को समूहलाई एक हप्ता फेसबुक चलाउन दिइएन । फेसबुकबिना एक हप्ता बिताएपछि उनीहरुमा गरिएको सर्वेक्षणमा सकरात्मक भाव देखिएको थियो । सकारात्मक परिवर्तन सहभागीले पहिले सामाजिक सञ्जालमा खर्च गर्ने समय अनुसार भर परेको थियो । साथ साथै उनीहरुले सञ्जाललाई प्रयोग गर्ने तरिकाले पनि असर गरेको थियो र अरुलाई इष्र्या गराउने मनसायमा चलाएको अनुसार सकरात्मक परिवर्तन रहेको थियो ।

फेसबुक