मनोरञ्जन

पाकिस्तानमा चल्ने भयो भारतीय फिल्म

पाकिस्तानमा चल्ने भयो भारतीय फिल्म

पुस ३ । पाकिस्तानमा भारतीय फिल्ममाथि लगाइएको प्रतिबन्ध हटेसँगै सोमबारदेखि फिल्महलमा पुनः बलिउडका फिल्मले स्थान पाउने भएका छन् ।

पाकिस्तानका फिल्म वितरक र सिनेमाघरका मालिकहरुले यसबारेमा जानकारी दिएका हुन् । भारत र पाकिस्तानबीच बढ्दो तनाबकाबीच गत सेप्टेम्बरमा भारतीय फिल्ममाथि प्रतिबन्ध लगाइएको थियो । काश्मिरको उरीमा भएको हमलापछि भारतले पाकिस्तानी फिल्म कलाकारमाथि समेत प्रतिबन्ध लगाएपछि पाकिस्तानले पनि यस्तो कदम चालेको थियो ।

महाराष्ट्र नवनिर्माण सेनाले पाकिस्तानी कलाकारको भूमिका रहेको फिल्म भारतमा प्रदर्शन गर्न नदिने घोषणा गरेको थियो । त्यसपछि करण जौहरको ‘ऐ दिल है मुश्किल’ ले यसको विरोध गरेको थियो । यस फिल्ममा पाकिस्तानका दुई कलाकारले भूमिका निर्वाह गरेका थिए । त्यसपछि जौहरले महाराष्ट्रका मुख्यमन्त्री देवेन्दै फडनभिस र महाराष्ट्र नवनिर्माण सेनाका प्रमुख राज ठाकरेसँग कुराकानी गरेर फिल्म रिलिजको बाटो खुलाएका थिए ।

India Indian Film In Pakistan Pakistan