प्रविधि मुख्य समाचार

संसद भवनमा भएका हरेक गतिविधि प्रत्यक्ष हेर्न पाइने

संसद भवनमा भएका हरेक गतिविधि प्रत्यक्ष हेर्न पाइने
पुस–१ । संसद भवनमा हुने विभिन्न बैठक र सांसदहरुले उठाएका विषय अबदेखि संसारका कुनै स्थानबाट युट्युबमार्फत् प्रत्यक्ष हेर्न सकिने भएको छ । व्यवस्थापिका संसदको विशेष बैठक, प्रश्नोत्तर वा भवनमा रेकर्ड गरिएको जुनसुकै समयका भिडियो सहजरुपले युट्युबमा हेर्न पाइने व्यवस्था गरिएको हो । ‘व्यवस्थापिका संसदको बैठकको प्रत्यक्ष प्रसारण युट्युबबाट गर्ने काम लगभग अन्तिम चरणमा छ। हामी यसै महिनाको दोस्रो सातादेखि परिक्षण प्रसारण गर्छैं । त्यसपछि नियमित प्रशारणमा जान्छौँ’ संसदका गतिविधिको प्रत्यक्ष प्रशारणसम्बन्धी समितिका संयोजक डा. रोजनाथ पाण्डेले बताएका छन् । सांसदले के मुद्दा उठाए कहाँको उठाए तथा संसद भवनमा भएका हरेक गति विधि प्रत्यक्ष वा रकर्ड भिडियो मार्फत हेर्न पाइने भएको छ । युट्युबमा बैठकको भिडियो तथा प्रत्यक्ष प्रशारणका लागि प्रथम चरणमा कर्मचारीको तालिमका लागि करिब तीन लाख र उपकरण खरिदमा करिब पाँच लाख गरी हाललाई करिब आठ लाख बजेट छुट्याइएको छ। युट्युब च्यानलको नामाकरण भने भइसकेको छैन । उक्त च्यानलनामा पहिला परिक्षण प्रत्यक्ष प्रशारण गर्ने र त्यस पश्चात महत्वपूर्ण बैठकहरुको प्रशारण गर्ने योजना रहेको बताइएको छ । व्यवस्थापिका संसद