विदेश

टर्की आक्रमणको संयुक्त राष्ट्र सङ्घ र विश्वद्वारा निन्दा

टर्की आक्रमणको संयुक्त राष्ट्र सङ्घ र विश्वद्वारा निन्दा
मंसिर–२७ । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् र विश्वले नै टर्कीको इस्ताबुलमा भएको आतङ्ककारी आक्रमणको निन्दा गरेको छ । यस आक्रमणमा कम्तीमा ३९ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १५५ जना घाइते भएका छन् । संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्ले आइतबार मानवताविरुद्ध भएको यस घृणित अपराधको कडा शब्दमा निन्दा गरिएको प्रकाशित प्रेश विज्ञप्तिमा जनाइएको छ । यस आतङ्ककारी आक्रमणले पुनः एकपटक अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गम्भीर चुनौती दिएको सुरक्षा परिपद्ले बताएको छ । मध्य इस्ताबुलमा शनिबार अबेर राति फुटबल स्टेडियम बाहिर एक कार बम र अर्को आत्मघाती आक्रमण भएको थियो । फुटबल खेल सकिएको करिब डेढ घन्टापछि भएको कारबम आक्रमणमा कम्तीमा ३० प्रहरी अधिकारीले ज्यान गुमाएका थिए । टर्कीका सुरक्षाबल लक्षित बारम्बार भएका यस्ता आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले पनि कडा शब्दका निन्दा गर्नुभएको छ । त्यसैगरी युरोपेली युनियनले पनि सो हमलाको निन्दा गरेको छ । रासस ÷सिन्ह्वा

आक्रमण टर्की संयुक्त राष्ट्र सङ्घ