पर्यटन मनोरञ्जन

पर्यटकीय गाउँको वृत्तचित्र तथा पर्यटकीय गीत

पर्यटकीय गाउँको वृत्तचित्र तथा पर्यटकीय गीत
मंसिर २६। कास्की जिल्लाको पर्यटकीय गुरुङ गाउँ भिज्कु ङ्हथर (विजयपुर पाँचथर)को ऋतुकालीन वृत्तचित्र तथा पर्यटकीय गीत “शीतसार” बजारमा आएको छ । सो गाउँकोे वृत्तचित्र तथा गीतमा कृष्णकुमार तमुको रचना, संगीत र निर्देशन, रजनी राईको गायन, धनबहादुर तमुको संगीत संयोजनसहित विभिन्न कलाकारको प्रस्तुति रहेको छ भने सम्पादन सर्वज्ञमान शाक्यले गरेका छन् । वृत्तचित्र तथा पर्यटकीय गीत निर्माण समितिका अध्यक्ष मानकाजी तमुले वृत्तचित्र तथा गीतले पर्यटकीय गाउँको चिनारीका साथै यहाँको सौन्दर्यलाई विश्व माझ उजागर गराउने विश्वास व्यक्त गरे । निर्माण समितिका सचिव कृष्णबहादुर तमुका अनुसार वृत्तचित्र तथा गीत निर्माणका लागि यस क्षेत्रका डिही, गैरी, पोखरी, खमगले र डाँडा गाउँका बासिन्दाबाट रु पाँच लाख ४९ हजार ३१३ संकलन भएकामा रु पाँच लाख ११ हजार ७४२ खर्च भई रु३७ हजार ५७१ बचत भएको छ ।

paryatakia geet