अपराध सुरक्षा कभर स्टोरी मुख्य समाचार

एनसेलको डाटा किन चाँडो सकिन्छ ? लुटको कुटील खेल यस्तो छ

एनसेलको डाटा किन चाँडो सकिन्छ ? लुटको कुटील खेल यस्तो छ

ncell-thagi-nepalaaja

मंसिर– १७ । एनसेलले टेलिभिजन, रेडियोलगायतका सञ्चार माध्यममा सम्प्रेषण गर्ने सप्तरंगी विज्ञापन र ती विज्ञापनमा प्रस्तुत गरिने विभिन्न सुविधाले हर कोही ग्राहकको मन लोभ्याउँछ ।

एनसेलका केही अफरहरु त यस्ता पनि छन् जो रात–रातभर आफ्ना प्रेमी–प्रेमिकासँग फोनमा बिताउनेहरुका लागि लक्ष्यित छन् । बोनस प्याक दिएर एनसेलले मध्यरातमा गफ गर्न हौस्याउँछ ।

‘३ रुपैँयामा १०० वटा मेसेज होस या विदेशमा भएका आफन्तसँग कुरा गर्न । फरक फरक अफरहरु एनसेलले बजारमा पुर्‍याएको छ । त्यस्ता केही अफरहरु सुन्दा राम्रा र सस्ता लाग्छन् । तर वास्तविकतामा एनसेलले दाबी गरेजस्तो कुनै पनि अफर सस्तो भने छैन ।  एनसेलप्रति ग्राहकहरुमा परेको भ्रम यति शक्तिशाली भएको छ कि उनीहरु ठगी हुन सक्छ भन्ने सोच्दा पनि सोच्दैनन् । सामान्यतः एक–दुई रुपैयाँको हिसाब गडबड हुँदा त्यसको खोजीनीति गर्दै हिँड्ने धेरैको बानी हुँदैन । भए पनि फुर्सद हुँदैन ।

एनसेलले ग्राहकले पत्तै नपाउने गरी त्यस्ता एक–दुई रुपैयाँ बिना कारण काटिदिन्छ । उसका करिब १ करोड ४० लाख मध्ये दैनिक ५० लाख ग्राहकको ब्यालेन्स एनसेलले यसरी काट्ने गरेको बताइन्छ ।

एनसेलले नेपालीलाई उत्कृष्ट सेवा प्रदान गर्ने नाममा ग्राहकहरु ठग्ने तथा राज्यलाई पनि कर छल्ने गरेको रहस्य पर्दाफास भएको छ । एनसेलले विभिन्न बहानामा ग्राहकहरुलाई ठग्ने तथा राज्य संयन्त्रलाई प्रभावमा पारेर अर्बौँ रुपैयाँ कर नतिर्ने कर्तुतहरु यस्ता छन् ।

बिलिङमै हिनामिना

धरैजसो उपभोक्ताहरु मोबाइलमा भएको ब्यालेन्स र त्यसको खपतबारे धेरै सचेत हुँदैनन् । उनीहरुलाई आफूले प्रयोग गरिरहेको मोबाइल सेवा प्रदायक कम्पनीमाथि विश्वास हुन्छ । आफ्नो ब्यालेन्स कति थियो र फोन गरेपछि कति पैसा काट्यो भनेर ख्याल गर्ने मानिस कम हुन्छन् । त्यसमाथि पनि ‘एनसेलले कहाँ ठग्ला र ?’ भन्ने सोच राख्नेहरु धेरै हुन्छन् । किनभने अर्बौको व्यापार गर्ने कम्पनीले एक–दुई रुपैयाँमा र्याल चुहाउँदैन भन्ने आम बुझाई हुन्छ ।

तर ठगीको गणित आम मानिसको भावना भन्दा फरक हुन्छ । एक ग्राहक ठगीदा एक पल्टमा एक रुपैयाँ घाटा लाग्छ । तर एनसेलले एकपल्टमा ५० लाख ग्राहक ठग्न सक्छ । ५० लाख ग्राहकबाट दुई रुपैयाँ मात्रै ठग्ने हो भने पनि दिनकै एक करोड रुपैयाँ हुन्छ । नेट चलाउने डाटामा त बेहिसाब ठगी हुन्छ भन्ने गरिन्छ ।

आमरुपमा कतिपयले ‘एनसेलले बढी पैसा काट्यो, एनसेल महंगो छ.... ....’ भन्ने जस्ता गुनासो नगरेका पनि होइनन् । सामाजिक सञ्जालमा ‘एनसेल ठग्नकै लागि’ भन्नेजस्ता ट्रोल पनि धेरै बने । फेसबुकमा ‘एनसेल ठग्नकै लागि’ भन्ने पेज लोकप्रिय भएपछि एनसेलले उजुरी गरेर हटायो ।

करिब १ करोड ४० लाख ग्राहक रहेको निजी मोबाइल सेवा प्रदायक एनसेलले दैनिक ५० लाख गाहकको बिलिङ तल माथि गर्ने गरेको स्रोतको दावी छ ।

त्यसबाट दैनिक करोडौं रुपैयाँ ठग्ने गरेको छ । ग्राहकहरु दैनिक रुपमा आफू ठगिएको गुनासो लिएर एनसेलको कार्यालय धाउने गरेका छन् । ५० लाख ग्राहकलाई दैनिक दुई रुपैयाँ ठग्दा १ करोड रुपैयाँ त ठगीबाटै आउँछ । दुई रुपैयाँ ठगिएको धेरैजसाले चाल पाउँदैनन् । पाउनेहरु पनि ‘कन्फ्यूज’ हुन्छन् । ठगिएको निश्चित हो भन्ने थाहा पाएकाहरुसँग पनि २ रुपैयाँको हिसाब माग्न एनसेल कार्यालय जाने फुर्सद हुँदैन ।

एक्जियटा नेटवर्कमा एनसेलको एकलौटी शासन

ncell-companies-nepalaaja

एक्जियटा ग्रुपको नाममा छ अहिले एनसेल । यो समूह मलेसियाको बहुराष्ट्रिय कम्पनी हो । यसको नेटवर्क नेपाल लगायत एशियाका १० देशहरुमा छ । भर्खरै एनसेललाई पनि यस कम्पनीले किनेको हो । छिमेकी राष्ट्र भारत, म्यानमार, बंगलादेश, श्रीलंका र पाकिस्तान तथा अन्य एशियाली राष्ट्रहरु मलेसिया, कम्बोडिया, सिंगापुर र इन्डोनेसियामा एक्जियटाको नेटवर्क छ ।

एक्जियटा नेटवर्क भएको अधिकाश देशहरुमा नेपालीहरुको बसोबास रहेको छ । विदेशमा बस्ने धेरै नेपालीहरु एक्जियटा ग्रुपको मोबाइल प्रयोग गर्ने गर्छन । तर, यस नेटवर्कबाट नेपालको सरकारी मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नेटवर्कमा फोन लाग्दैन । एक्जियटाले नेपाल टेलिकम तथा अन्य नेपाली मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा फोन नलाग्ने सिस्टम बनाएको छ ।

यसमा नेपाल टेलिकमलाई पनि सामेल गराउने धेरै सम्झौता भएपनि कार्यन्वयन नभएको बताइन्छ । त्यसो हुनाले पनि विदेशमा भएका मानिसका आफन्त एनसेलको प्रयोग गर्न बाध्य छन् ।

एक्जियटाको नेटवर्कमा अन्तर्राष्ट्रिय कल पनि सस्तो छ । यो कारणले धेरै ग्राहकहरुले एनसेलका सिम प्रयोग गर्छन् । तर विदेशमा एक्जियटा समूहको सिमबाट नेपालका अन्य टेलिफोन सेवा प्रदायकको सिममा कल नलाग्ने बनाइन्छ । झेल यहिँ छ ।

विदेशी कम्पनीको सिमबाट नेपालीे कम्पनीको सिममा कल गर्दा निश्चित शुल्क विदेशी कम्पनीले तिर्नु पर्छ । त्यसो गर्दा स्वदेशी कम्पनीको आय बढ्छ । आय बढेपछि सरकारलाई कर पनि बढी तिर्नु पर्छ । तर एनसेलले कर छली यहि विन्दुमा गरिदिन्छ । आफ्नो नेटवर्कबाट आफ्नै नेटवर्कमा कल गर्दा कति कल गरियो, कति मिनेट कुरा भयो, महिना र वर्षमा कति रुपैयाँको कारोबार भयो भन्ने हिसाब राख्ने नेपालमा निकाय नै छैन । भएको निकाय भनेको दुरसंचार प्राधिकरण हो । यो प्राधिकरणलाई यस्ता विषयमा सोच्ने फुर्सदै छैन । अनि एनसेलले जति रुपैयाँको कारोबार, नाफा देखाउँछ र स्वेच्छाले जति कर तिर्छ त्यति नै सरकारले लिँदै आएको छ ।

कर छल्ने गरेकोे अर्को तरिका

एनसेलका सिममा एक्जियटा नेटवर्कभित्रबाट मात्रै कल आउँदैन । अमेरिका, अस्ट्रेलिया, युरोपलगायत विश्वभरका विभिन्न टेलिफोन सेवा प्रदायक कम्पनीबाट कल हुन्छ । त्यसरी विदेशबाट नेपालमा रहेको कम्पनीको मोबाइलमा कल आउँदा ति विदेशी कम्पनीले एनसेललाई निश्चित रकम बुझाउँछन् ।

त्यो रकम कसले कति बुझाए ? भन्ने एकीन विवरण राख्ने नेपालमा प्रविधि नै छैन । यस्तो हिसाब राख्नु पर्ने दायित्व दूरसञ्चार प्राधिकरणको हो । उसँग पनि कुनै प्रविधि छैन । यस विषयमा दूरसञ्चार, आन्तरिक राजश्व विभाग, राजश्व अनुशन्धान विभाग आदिको ध्यान तानिनु पर्ने हो । तर यी निकाय निकम्मा सरह भएका छन् एनसेलको मामिलामा । आफूसँग ठोक्किने सरकारी निकायलाई प्रभावमा राखेर एनसेलले करोडौं राजश्व छली गरेको स्रोतको दाबी छ ।

कर छलीबाट प्राप्त भएको ठूलो हिस्सा एनसेलले आफ्नो मातृ संस्था एक्जियटामा पठाउने गरेको छ । अत्यन्त सानो हिस्सा भने सरकारलाई करका रुपमा बुझाउने गर्दछ ।

कम गुणस्तरिय सेवा र महंगो महसुल

एनसेलले गुणस्तरीय सेवाको जति दावी गर्छ, त्यति छैन भन्दा फरक पर्दैन । एनसेल अहिले गुणस्तरका हिसाबले भन्दा पनि महंगो सेवाकालागि बद्नाम छ । गुणस्तरका नाममा चर्को शुल्क असुल्ने एनसेल कति महंगो छ भन्ने बुझ्न एनसेल र एनटिसी दुवैको डाटा प्रयोग गर्नेहरुलाई सोधे पुग्छ ।

सामान्यतः एनसेलमा फोन नै नगरी पैसा कटिने, डाटा चाडैँ सकिने, सबै ठाउँमा नेटवर्क नटिप्ने समस्याहरु सामान्य जस्तै बनेका छन् ।

नियामक संस्था, नेता र कर्मचारीलाई प्रभाव

एनसेलले नियामक संस्था नेपाल दुरसंचार प्राधिकरण, कर कार्यालय, अर्थ मन्त्रालयलगायत विभिन्न राजनीतिक दल आदिलाई पैसा बाड्ने र प्रभावमा पार्ने गरेका बताइन्छ । यस्ता निकायलाई आफ्नो मुठीमै राखेर अवैध धन्दा सञ्चालन गर्न एनसेल अहिलेसम्म सफल छ ।

र यो पनि,

सोझा नेपालीलाई त एनसेलले ठगेकै हो