मनोरञ्जन

पाकिस्तानी चायवालाको यस्तो बन्यो म्युजिक भिडियो

पाकिस्तानी चायवालाको यस्तो बन्यो म्युजिक भिडियो
मंसिर – १५ । केही समयअघि समाजिक सञ्जालमा एकाएक भाइरल बनेका पाकिस्तानी चायवाला म्युजिक भिडियोमा देखापरेका छन् । पाकिस्तानी चायवालाको नामले चिनिने अर्शद खानकै समाचारको काउन्टरमा नेपाली तरकारीवाली कुसुम श्रेष्ठ पनि मिडियामा चर्चामा छिन् । पाकिस्तानमा चिया बेच्दै गरेका अर्शदलाई मोडलिङको अफर आएपछि उनले विभिन्न अनलाइनको लागि फोटोसुट पनि गराएका थिए । अहिले भने उनी एक म्युजिक भिडियोमा देखा परेका छन् । उक्त गीत उनलाई नै समर्पित गर्दै बनाइएको हो । चायवालाको म्युजिक भिडियोमा देखिएपछि उनी पूनः चर्चाको पात्र बनेका छन् । उनी अभिनित म्युजिक भिडियो तलको लिंकमा हेर्न सकिन्छ ।

Chayawala Pakistan