पर्यटन विचार

‘ड्राइभ टुरिजमलाई प्रर्वद्धन नगरी सुखै छैन’ पर्यटन व्यवसायी कृष्ण अर्याल

‘ड्राइभ टुरिजमलाई प्रर्वद्धन नगरी सुखै छैन’ पर्यटन व्यवसायी कृष्ण अर्याल
krishan-aryal-1
उनी काठमाडौँका रैथाने हुन् । न्युरोड नजिकैको नरदेबीमा जन्मे हुर्केका अर्यालसँग शहरीया बडप्पन शैलीको कुनै झझल्को पाइँदैन । उनीसँग ग्रामिण भेगको फरासिलोपना छ । ३० बर्षसम्म पर्यटन व्यवसायमा निरन्तर लागेका उनी नेपालका सबैजसो भुभागका बारेमा जानकारी राख्दछन् । देश विदेशको अनुभव सम्हालेका उनी देशको पर्यटन प्रर्बद्धन कसरी हुन सक्छ भन्ने बारेमा एकै सासमा अनेक दृष्टान्त दिन सक्छन् । उनी अर्थात पर्यटन बोर्डका कार्यकारी समिति सदस्य कृष्ण अर्याल । चौतर्फी सम्भावना भएपनि नेपालले पर्यटनबाट खाशै लाभ लिन सकेको छैन । देशको आयको पाँच प्रतिशतमात्र पर्यटनले ओगटेको छ । पर्यटकीय सम्भावना र सौन्दर्यका दृष्टिले सो मात्रा उल्लेख गर्नपनि लायक छैन । ‘किन यस्तो भयो ?’ कृष्ण प्रश्नको सहज उत्तर दिन्छन्, ‘यो पनि निजी क्षेत्रको बलबुतामा मात्रै हो ।’ पर्यटन व्यवस्थापनका लागि मन्त्रालयसमेत गठन गरिएको छ । पर्यटन प्रर्बद्धनका लागि निजी क्षेत्रको साझेदारीको अवधारणामा गठित पर्यटन बोर्डपनि छ । तर, नेपालको पर्यटनले उल्लेख्य गति लिन सकेको छैन । नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य कृष्ण अर्यालका शब्दमा सरकारको सुस्त शैली मुख्य कारक हो । उनी भन्छन्, ‘सरकार निजी क्षेत्रजस्तै संवेदनशील भइदिने हो भने धेरै प्रगति गरिसक्थ्यौँ ।’ करिब ३० वर्षअघि उनले पर्यटन व्यवसायमा हात हालेका हुन्, जति बेला नेपालको पर्यटन क्षेत्रलाई बुझ्ने नेपाली कमै मात्र थिए । अध्ययन पश्चात अडिटको काम थालेका उनको कामको शिलशिलामा विभिन्न होटल र ट्रेकिङ एजेन्सीहरुको सम्पर्क बन्यो । त्यही शिलशिलामा कान्तिपथस्थित एक होटलमा अप्रत्यक्ष रुपमा काम गर्दै गर्दा ट्रेकिङ जान चाहने व्यक्तिहरुसँग उनको घुलमिल बढ्यो । उनीमा पनि यस क्षेत्रप्रति उनको चासो बढ्दै गयो । रहरैले उनी पर्यटन क्षेत्रमा हाम फाले । सुरुसुरुमा पर्यटनलाई सेवा गर्नुपर्छ भन्ने हिसाबले लागेका उनी काम गरेर पैसा कमाउन थालेपछि त्यसैमा रस बस्न थालेको बताउँछन् । रस बसेपछि अब यसैमा लागनुपर्छ भनेर लाग्न थाले । काम गर्दै जाँदा पर्यटन आर्थिक क्रान्तिको एक सम्बाहक बन्न सक्छ यसमा परिवर्तन ल्याउन सकिन्छ भन्ने मनस्थिति तयार भयो । त्यस्तो मनस्थिती तय भइसकेपछि यही पेसामा उनी मन, वचन र कर्मले लाग्न थाले । विभिन्न संस्कृतिका मानिसहरु भेट्न थालेपछि उनमा यसैमा मन बस्न थाल्यो । विदेशीलाई घुमाउने शिलशिलामा उसकै पैसामा आफू पनि घुम्न पाउँदा र नयाँ ठाउँ अवलोकन गर्न पाउँदा उनको मन प्रफुल्लित भएर आउँथ्यो । बाहिरबाट आएर पर्यटकहरुले नेपाल बुझिसके पनि नेपालीले नेपाल बुझ्न सकेका थिएनन् । पूर्वको पाथिभारामा देवी छिन् भनेर पश्चिमका मानिसहरुलाई थाहा थिएन । भारतका केही पर्यटकलाई चाल भएपनि कैयन नेपालीलाई पत्तो थिएन । तर, अहिले वर्षेनी हजारौँ पर्यटक पाथिभारा माईको दर्शन गर्न ताप्लेजुङ पुग्छन् । त्यस्तै, करिब तीस वर्षअघि कृष्णले पर्यटन व्यवसायमा हात हाल्दा धेरै व्यक्ति चकित परेका थिए । त्यसबेला फलानाको छोरेले के काम गरेको होला भनेर नाक खुम्च्याउँदै अनौठो मन्दै हेर्ने गरेको उनी अझै सम्झिन्छन् । तर, एउटा निर्णयमा डटि लाग्ने हठि स्वभावका कृष्णलाई त्यस्ता कुराले छुदैँनथ्यो । काममा सफलता पाउने उनको एउटै मन्त्र थियो । त्यो हो, ‘श्रमलाई घिन नमान्ने’ । ‘श्रम जस्तोसुकै भएपनि घिन नमान्ने बानीले नै आज म सफल पर्यटन व्यावसायी भएको हुँ ।’ उनी निर्धक्कसाथ भन्छन् । राज्यले पर्यटनलाई जति गर्नुपर्ने हो त्यती गर्न नसकेको उनको गुनासो छ । उनी गुनासो गर्छन्, ‘देश विकासको खम्बा मानिने पर्यटनलाई सरकारले ध्यान पुर्याउन सकेन ।’ समयको परिवर्तनसँगै अहिले पर्यटनमा धेरै परिवर्तन आएको उनको ठम्याइ छ । मुस्ताङमा मोटरबाइक र्याली गरेपछि अहिले हजारौँ पर्यटक पुग्ने गरेका गरेका छन् । पर्यटनमा प्रचार प्रसारले महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । घुमफिर वर्ष २०१६ मा ‘मुस्ताङ’ र ‘रारा’ परेकोमा आफू निकै प्रफुल्लित भएको उनी बताउँछन् । नेपालको पर्यटन सक्षम, स्वावलम्बी र आत्मविश्वासी छ । तर नेपालमा उल्टो व्यवस्था रहेको उनको बुझाइ छ । ‘नेपालमा ठ्याकै उल्टो व्यवस्था छ,’ उनी उदाहरण दिदै भन्छन्, ‘निजी क्षेत्रबाट पर्यटन प्रवद्र्धन गर्न खोलेको होटल एसोसेसनले ५० वर्ष पूरा गर्यो । तर, सरकारी क्षेत्रको पर्यटन मन्त्रालय स्थापना भएको पचास वर्ष पनि भएको छैन ।’ कृष्णको विचारमा सरकारले पर्यटन विकासका लागि गर्नुपर्ने दुई महत्वपूर्ण पक्ष छन् । पहिलो पूर्वाधार निर्माण । बाटोमात्र पनि निर्माण भयो भने नेपालको पर्यटनलाई आन्तरिक पर्यटकले नै धान्न सक्छ । त्यसले अप्रत्यक्ष रुपमा राज्यको विकास गर्छ । गाडीमा जान नचाहने पर्यटकको संख्या पनि बढ्दै गएको छ । त्यस्ता पर्यटकका लागि हवाइ सुविधा नभइ हुँदैन । ‘नेपालका धेरैजसो विमानस्थल बर्षमा ६ महिनाभन्दा बढी चल्दैनन् । पूर्वाधार बिना पर्यटन सम्भव हुँदैन ।’ अर्याल पर्यटनका लागि पूर्वाधारको आवस्यकता औँल्याउदछन् । वाह्य पर्यटन ल्याउनका लागि नेपाल वायुसेवाको सेवालाई वृहत बनाउनु पर्नेमा उनको जोड छ । हिजो लण्डनदेखि ओसाकासम्म गएको विमान अहिले त्यहाँभन्दा टाढा गईरहेको छ । त्यस्ता विमान निजी क्षेत्रले चलाउन गाह्रो छ । राज्यले नेपाल वायुसेवा निगमलाई सुदृढ गरिदिनुपर्छ । ‘स्थिरता भएन भनेर व्यापारी चुप लागेर बस्ने कुरा आउँदैन । जेजस्तो हामी त्यहीँबाट सुरु गछौँ ।’ देशको राजनीतिक अस्थिरतालाई चुनौती दिदैँ उनले भने । ‘हिजो दश वर्षे जनयुद्धमा पनि हाम्रो टुर चलिरहेकै थियो र आज पनि चलिरहेको छ ।’ विगतको तुलनामा स्थिति धेरै सुध्रिएको अर्यालले अनुभव गरेका छन् । ‘पहिला पहिला पूरानो वसपार्कबाट जिरीको बस चढाएर पर्यटकलाई एभरेस्ट ट्रेक पठाउँदा उनीहरुको भगवान् पशुपतिनाथले कल्याण गरुन् भन्नु बाहेक हामीसँग केही उपाय थिएन । अहिले त स्थिति राम्रो छ ।’ अर्यालले सन्तुष्टिका पाटा केलाउन थाले । त्यो समयमा अहिले जस्तो सञ्चारको सुविधा थिएन । तर अहिले अवस्था धेरै सजिलो भएको छ । जाने वित्तिकै सेल्फी खिचेर पठाउने समय आइसक्यो । अहिलेको पर्यटन फस्टाउनुमा सामाजिक सञ्जालको ठूलो देन रहेको छ ।’ निजी क्षेत्र र सरकार मात्र लागि परेर नेपालको पर्यटन विकास नहुने उनको तर्क छ । यसको लागि स्थानीय जनता पनि अग्रसर हुनुपर्यो भन्नेमा उनको जोड छ । ‘स्थानीयले पनि आफ्नो ठाउँको प्रचारमा लाग्नु पर्छ । उनीहरुको स्थानमा भएको पार्कहरुलाई पर्यटकीय गन्तब्य बनाउन हामी सहयोग गर्न सक्छौँ । आवश्यक परेका तालिम दिन पनि तयार छौँ ।’ उनले थपे । नेपालका विभिन्न ठाउँमा बन्जी, प्याराग्लाइडिङ, अल्ट्रालाइट, र्याप्टिङ, क्यान्योङ जस्ता साहसीपूर्ण खेल खेल्न पर्यटक आउने गर्छन् । पछिल्लो समय स्काइडाइभ निकै लोकप्रियभएको छ । तर, त्यसको लागि भाडामात्र ७५ हजार लाग्छ । नेपालमै स्काइड्राइभ गराउने पाइलट तथा जनशक्ति नहुँदा महंगो भएको उनले बताए । ‘स्काइड्राइभको लागि हामीसँग पर्याप्त दक्ष जनशक्ति छैन । विमानबाट फाल हाल्ने भनेपछि विमानको भाडा चाहियो । पछाडि राख्ने मास्टर हुन्छ । नेपालमा त्यस्तो मास्टर छैन । त्यसकारणले त्यसको मूल्य बढि छ । त्यो मान्छे नेपालमा नै भयो भने मूल्य धेरै कम छ । हामीले अहिले दुइृजना भाइहरुलाई स्काइडाइभ गराउने तालिम दिइरहेका छौँ ।’ उनले खुलस्त पारे । पछिल्लो समय पर्यटनलाई आकर्षित गर्न नेपालमा ड्राइभ टुरिजमलाई व्यवस्थित गर्न लागिपरिरहेको उनले बताए । उनी नेपाल ड्राइभ टुरिजम नेट्वर्कका अक्ष्यक्ष पनि हुन् । उक्त सस्ंथा खुलेको डेढ महिना मात्र भएको छ ।
के हो ड्राइभ टुरिजम ? ड्राइभ टुरिजम भनेको आन्तरिक तथा वाह्य पर्यटनमा गाडी –कार, जिम, भ्यान,साइकल तथा मोटरसाइकल मार्फचत एक गन्तव्यबाट अर्को गन्तव्यमा जाने हो । त्यसको केही आफ्नै मापदण्ड छन् । त्यो मापदण्डको लागि विभिन्नि नियम बनाइएको हुन्छ । नियमअनुसार त्यसको लागि सीडिपी (कार्नेट डी प्यासेज) र आइडिपी (इन्टरनेसनल ड्राइभिङ पर्मिट) बनाइएको हुन्छ । यो विभिन्न देशले बाड्न सक्छ । जस्तो, कोही नेपालमा ड्राइभ टुरिजम अन्तरगत घुम्न आयो भने उक्त कार्ड बोर्डरमा छाप लगाएर दिइन्छ । उक्त कार्डले सवारी चालकको लाइसेन्सलाई मान्यता दिन्छ । यसको लागि ग्रीन र सस्टेनेबल टुरिजमको र पूर्वधारको विकासको लागि पनि पहल गर्नुपर्छ ।
बाहिरबाट आउन त गाह्रो हुन्छ, कसरी सम्भव छ नेपालमा ? बाहिरबाट आउनको लागि एउटा एफआइए भन्ने अन्तराष्ट्रिय संस्था छ । त्यसको सदस्य भएपपछि त्यो सबै पर्मिटहरु उक्त सस्ंथाले नै दिन्छ । त्यसपछि सरकारले नै आफै मान्यता दिन्छ । पहिलो पटक पहल गर्न त चुनौतीपवूर्ण नै छ । अन्य देश जस्तै चीन, अस्ट्रेलिया, क्वीन्स्ल्याण्डजस्ता देशमा पनि भइरेहकाले हामीले पनि यसलाई पछ्याउन खोजेका हौँ । त्यति ठूलो समस्या पनि होइन ।
पर्मिट दिने पहल भयो ? सरकारले पहल गरिसकेको छैन । हामीले सरकारसमक्ष यो पहल पुर्याउने कोशिश गर्दै छौँ । अहिले ड्राइभ टुरिजम नेट्वर्क नामक संस्था छ । यो संस्था खुलेको भर्खर डेढ वर्ष भयो । यसलाई कानूनि रुप दिन हामी लागि रहेका छौँ ।
 

Drive tourism Krishna Aryal Nepal Prayatan Board