विदेश

हजाराैँ दक्षिण कोरियालीद्वारा राष्ट्रपतिविरुद्ध प्रदर्शन

हजाराैँ दक्षिण कोरियालीद्वारा राष्ट्रपतिविरुद्ध प्रदर्शन
मंसिर - ११ । हजारौ दक्षिण कोरियाली नागरिकहरुले शनिबार राष्ट्रपति पार्क गेन हे विरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले राष्ट्रपति भवन वरिपरी मानव साङ्लो बनाएर घेरा हाली राष्ट्रपतिको राजिनामा माग गरेका थिए । स्थानीय समय अनुसार साँझ ४ बजे सोलको मध्य भागमा आयोजित प्रदर्शनमा झण्डै दुई लाख जनता सहभागी भएको अनुमान गरिएको छ । सोलको अदालतले प्रदर्शनका लागि निषेध गरेको निलो भवनदेखि २०० मिटर टाढासम्म ¥यालीका सहभागीले जुलुस निकालेका थिए । रासस÷सिन्ह्वा

Korea Park Gen he South Korea