प्रविधि

‘लियागो स्टाइलिस’ मोवाइल नेपाली बजारमा

‘लियागो स्टाइलिस’ मोवाइल नेपाली बजारमा
मंसिर - १०  । विश्व बजारमा उत्कृष्ट रहेको ‘लियागो स्टाइलिस’ मोवाइल फोन अब नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । चीनको प्रख्यात लियागो इन्टरनेशनल कम्पनीले निर्माण गरेको लियागो स्टाइलिस फोनका विभिन्न चार ‘सिरिज’का ११ ‘मोडल’हरु जेएसएस ग्रुपले नेपाली बजारमा ल्याउन लागेको हो । अन्य मोवाइलको तुलनामा लियागो स्टाइलिस सस्तो र सुलभ दरमा खरिद गर्न सकिने जेएसएस ग्रुपका प्रबन्ध निर्देशक मोहन वंशलले जानकारी दिनुभयो । आइतबारबाट ती मोवाइल सहज रुपमा नेपाली बजारमा उपलब्ध हुनेछन् । नेपाली बजारमा आउन लागेका उक्त फोन मलेसिया, वेलायत, क्यानडालगायत २० मुलुकमा बिक्री वितरण हुँदै आएको इक्युब इन्टरनेशनल प्रालिका निर्देशक सौरभ जैनले बताउनुभयो । लियागो स्टाइलिस मोवाइलको मूल्य रु छ हजारदेखि रु ५० हजारसम्म रहेको बताइएको छ ।

Leagoo Mobile