पर्यटन

दुम्सी गाउँ नाम भन्दा फरक छ, एक पल्ट जाने कि !

दुम्सी गाउँ नाम भन्दा फरक छ, एक पल्ट जाने कि !

dumshi

मंसिर ६ । तनहुँ जिल्लाको ब्यास नगरपालिका अन्तर्गत दुम्सी दरै गाउँकी आशा दरैको घरमा सधै भन्दा शुक्रबार छुट्टै चहलपहल थियो । मनास्लु हिमालको शिखरलाई चुम्दै सुर्यको किरण अस्ताउँदै गर्दा दरै गाउँमा केही पाहुनाहरु पुगे । थालिमा टीका, हातमा माला, स्याउ, चकलेट र ऐना बोकेर स्वागतमा बसेका ‘दरै’ समुदायका सुन्दरीहरुले पाहुनाहरुलाई टीका, माला र खादा लगाएर स्वागत गरे ।

उनीहरु थिए– भिटोफ (गाउँ पर्यटन प्रवद्र्धन मञ्च) नेपालका पदाधिकारी । काठमाडौं र पोखराका महँगा होटलमा हुने कोठे बैठकहरु छोडेर उनीहरु आफ्नै खर्चमा नयाँ पर्यटन गन्तव्य पहिल्याउँन भन्दै दमौलीबाट ५ किलोमिटर भित्र रहेको दरै गाउँमा पुगेका थिए ।

उनीहरु पुग्नासाथ स्थानीयहरुले भव्य स्वागत गरे । भिटोफ नेपालको काठमाडौंमा रहेको केन्द्रीय कार्यसमिति र पोखरामा रहेको शाखा कार्यालयको संयुक्त बैठकका लागि दरै गाउँ पुगेका पर्यटन व्यावसायीहरुले सो गाउँलाई नयाँ पर्यटन गन्तव्य स्थल घोषणा गरेका छन् । ४६ घर ‘दरै जातिको बसाईं रहेको उक्त स्थानमा स्थानीय दरै महिलाहरुले होमस्टे सञ्चालनमा ल्याएका छन् । दरै गाउँमा पुुग्नेहरुले दरै जातीको संस्कृति, रितिरिवाज र गीत संगीत तथा नृत्यमा रमाउँन सक्छन् ।

पाहुँनालाई न्यानो सम्मान र आतिथ्यता गराउँने उनीहरुले स्थानीय दरै नृत्यसमेत देखाउँछन् । ‘दरैहरुको रोधी बस्ने क्रममा मान्छेहरु आउँन थाल्नु भयो । ठूला मान्छेहरु पनि आउँन थाल्नु भयो,’ आशा दरै भन्छिन,‘त्यहीँबाट हामीले होमस्टे शुरु गरेका हौँ ।’

माघे सक्रान्तिको दिन दरैहरुको पहिचान झल्काउँने कौरा र चुट्का नाच देखाइन्छ । गाउँका अधिकांश पुरुषहरु भने खाडी मुलुक तिर भासिएका छन् । यता दुम्सी गाउँलाई पर्यटन गन्तव्य गाउँको रुपमा घोषणा गरिएपछि यहाँ पर्यटक आउँने प्रशस्त संभावना बढेर गएको छ । भिटोफका पदाधिकारीहरुले यो वर्ष भित्र नै यो गाउँलाई अन्तर्राट्रिय रुपमा चिनाउँने प्रतिबद्धता जनाएका छन् ।

कमल सापकोटा गाउँ नटेकिकन कुनै पनि पर्यटन हुँदैन । तर, हामीले सोचे जति गर्न सकेका छैनौँ । यद्यपि हामीले दुम्सी दराई गाउँलाई विश्व पर्यटन दिवसको सन्दर्भ पारेर नेपाल सरकार र पर्यटन बोर्डसँग सहकार्य गरेर गन्तव्य गाउँ २०१७ भनेर घोषणा गरेका छौँ । घोषणा मात्रै गरेर हुँदैन । यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ । यतिराम्रो बस्ति छ । उहाँहरुको आफ्नै बस्ति छ । बाटोमा हिमाल पनि देख्न सकिन्छ । यसलाई विशेष संभावनाको क्षेत्रको रुपमा लिन सकिन्छ । हामीले यो वर्षभित्र यो गाउँलाई प्रचार प्रसारमा ल्याउँछौँ । स्वदेशी तथा विदेशी पर्यटक भित्र्याएपछि हामील यो गाउँलाई छोडिदिनेछौँ । र, अर्को गाउँलाई पर्यटन गन्तव्य घोषणा गर्नेछौँ । हामीले पोखरा र कास्की च्याप्टरसँग संयुक्त बैठक ग¥यौं । हामीले केन्द्र र शाखा सहकार्य गरेर जाने निर्णय पनि गरेका छौँ । यो गाउँलाई प्रवद्र्धन गर्नका लागि कास्की शाखाको अलि बढी भूमिका हुन्छ ।

उहाँहरुले बढी भूमिका निर्वाहा गर्नुहुनेछ । होम स्टे भन्ने वित्तिकै यसलाई ठूलो लगानी गर्नुपर्दैन । आफ्नो घरमा भएको तन्नालाई सफा गरेर सुत्ने स्थान बनाउँने, आफ्नै घरमा भएको चिजलाई सफासँग पकाएर खान दिनु पर्छ । ठूलो लगानी विना उहाँहरुले आम्दानी गर्नुपर्छ । एकरातमा होमस्टे बस्दा एउटा विदेशीले खान बस्न र सुत्न गरेर एक हजार जति खर्च गर्छ । अन्य केही भयो भने एक हजारदेखि २ हजारसम्म एक रातमा आम्दानी गर्नसक्नुहुन्छ । एकै रातमा १० जना मात्रै पर्यटक आयो भने एकै रातमा १० देखि १० हजार कमाई हुन्छ । त्यसमा बाहिरबाट लगानी केही चाहिँँदैन ।

तारानाथ पहारी अध्यक्ष पर्यटन प्रवद्र्धन मञ्च पोखरा दुम्सी गाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न पोखराको महत्वपूर्ण भूमिका रहने बताउँछन् । उनले यसरी आफ्नो योजना सुनाए । हामी यहाँ संभाव्यता अध्ययन भ्रमणका लागि आयौँ । यहाँको हस्पिटालिटीले सबैलाई मोहित बनायो । उहाँहरुको खुवाउने संस्कार राम्रो छ । यसलाई व्यवसायिक रुपमा ढाल्नको लागि केही रुपमा प्रशिक्षणको आवश्यकता छन् । हामीले यसलाई नोट गरेका छौँ । हामीले घरबास संचालन सम्बन्धी कार्यविधि छ । त्यसलाई लिएर हामी प्रशिक्षण चलाउँछौँ ।

हामीले पोखरा काठमाडौं लगायतका टुरिजम इन्टरप्रेनरहरु लिएर आउँनेछौँ । दमौलीको स्थानीयको सहयोग चाहिन्छ । स्थानीय विकासअधिकारीलाई निम्ता गरेर हामीले एउटा कार्यक्रम गर्नेछौँ । हामीले पर्यटन बोर्डलाई पनि यो विषयमा जानकारी दिनेछ । हामी भिटोफ कास्किले पनि प्रचार प्रसार गर्नेछौँ । यो पोखरा काठमाडौंबीचको राजमार्गबाट ५ किलोमिटर मात्रै भित्रको हो । हामीले आन्तरिक पर्यटकलाई धेरैभन्दा धेरै तान्न सकिन्छ ।

राम घले, वरिष्ठ उपाध्यक्ष भिटोफ नेपाल– यहाँको विल्कुलै फरक संस्कृतिले हामीलाई मोहक बनायो । यहाँको उत्पादनबारे हामीले पर्यटनबोर्डलाई पनि जानकारी दिनेछौँ । मैले अन्तराष्ट्रिय विभागको जिम्मेवारी लिएको छु । यहाँको गाउँ पर्यटनलाई प्रवद्र्धन गर्न मेरो भूमिका रहनेछ । यहाँ दुखकै कुरा भन्नुपर्छ यहाँका पुरुषहरु विदेशमा छन् । हामी भिटोफ नेपालले यो गाउँको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्न सके यहाँका युवाहरु खाडीबाट फर्किएर यहीँ रोजगारी दिन सक्नुपर्छ ।

दीपक दाहाल, उपाध्यक्ष भिटोफ नेपाल– नेपाल सरकारले निजी क्षेत्र जस्तै टान, हान, भिटाफ, नाटा लगायतका विभिन्न संघ सस्थासँग सहकार्य गरेर अगाडि जानुपर्छ । भिटोफले प्रत्यक वर्ष हामीले पर्यटन गन्तव्य क्षेत्र घोषणा गर्ने गरेका छौँ । दुम्सी दरै गाउँलाई यतिमा मात्रै सिमित राखेर भन्दा पनि यसको पुर्वाधारहरु विकास गर्न जरुरी छ । त्यसको लागि भिटोफ नेपालले एउटा योजना पनि बनाउँनेछ । यो निकै संभावना बोकेको क्षेत्र रहेछ । यहाँको मौलिकतालाई हामीले अन्तराष्ट्रिय समुदायमा पु¥याउँन भरपुर मेहनत गर्नेछौँ ।

बासुदेव पाण्डे, महासचिव भिटोफ नेपाल हामीले पर्यटन गन्तव्य घोषणा नगरी शुरुवात हुँदैन । हामीले ग्रामिण क्षेत्रलाई पर्यटन गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रमलाई तिब्र रुपमा विकास गरेका छौँ । अबको पर्यटन भनेको ग्रामिण क्षेत्र हो । पर्यटकको न्युनतम आवश्यकता पुरा गरेर नेपाली संस्कृति र पहिचान हामीले देखाउँनुपर्छ ।