विदेश

भारतीय राजधानीको वायु प्रदूषणले विश्वलाई झक्झक्यायो

भारतीय राजधानीको वायु प्रदूषणले विश्वलाई झक्झक्यायो
कात्तिक २७ ।  भारतको राजधानी नयाँदिल्लीमा गतहप्ता देखिएको वायु प्रदूषणको असरबाट सचेत हुन राष्ट्र सङघीय बाल कोष (युनिसेफ)ले विश्वलाई नै आह्वान गरेको छ । युनिसेफले हालै जारी एक प्रेस विज्ञप्तिमा नयाँ दिल्लीको भर्खरैको अनुभवबाट संसारले सिक्नु पर्ने तर्फ ध्यानकर्षण गराएको छ । प्रदूषणबाट हुने असर र समस्याबाट सतर्क हुने बच्ने उपायहरु पनि अपनाउन युनिसेफले आग्रह गरेको छ । 'दिल्लीका बालबालिका हरेक पटक स्वासप्रश्वास गर्दा प्रदूषणको समस्याबाट पिडित छन्,' विज्ञप्तीमा भनिएको छ । 'यो चुनौती दिल्लीको मात्रै होईन, विकासको उकालो चढ्दै गरेका विश्वभरका अरु थुप्रै सहरहरुको पनि हो,' राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजार्रिकले संवाददाताहरुलाई भने । 'दिल्लीले विश्वलाई नै झस्काएको छ,' उनले थपे । रासस-सिन्ह्वा

India pollution