समाचार

ट्रम्पलाई दिए मोदीले बधाई

ट्रम्पलाई दिए मोदीले बधाई
कात्तिक – २४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी डोनाल्ड ट्रम्पलाई बधाइ दिएका छन् । अमेरिकाको ४५ औँ राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पले जितेका छन् । उनले २७६ मत प्राप्त गरे भने हिलारीले २१८ मत प्राप्त गरिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको राष्ट्रपतिमा विजय हुन सफल डोनाल्ड ट्रम्पको प्रशंसा गर्दै आतंकवाद प्रति सहयोग गर्न बताएका छन् । रनले भारत अमेरिकाको रणनीति थप सुदृढ हुने बताए । उनले अमेरिका र भारत दुबै सहयोगी र महत्वपूर्ण राजनीतिक चासोका विषय भएका देश उल्लेख गरे । जितपछि जनतालाई सम्मान गर्दै ट्रम्पले अमेरिकी जनतालाई धन्यवाद दिएका छन् । उनले विपक्षी नेता हिलारी क्लिन्टनले आफूलाई फोन गरेर बधाई दिएको बताए । उनले आफ्नो जित हिलारीका पनि जित भएको बताएका छन् । उनले आफ्ना श्रीमती लारा र बहिनीहरुलाई बधाइ दिएका छन् । अहिलेको अर्थ व्यवस्थालाई दुगुना गर्ने ट्रम्पले उत्साहित हुँदै भने । उनले सबैसँग साथीत्व हुने र कसैसँग दुस्मनी नहुने बताए ।

Donald Trump Narendra modi

विशेष