विदेश

जापानमा पाँच लेनको सडक एक्कासी भाँसिएपछि... [भिडियाेसहित]

जापानमा पाँच लेनको सडक एक्कासी भाँसिएपछि... [भिडियाेसहित]
कात्तिक २३ । दक्षिणी जापानको व्यस्त शहर फुकुओकामा मंगलवार मुख्य हकाटा रेलवे स्टेशन नजिकै पाँच लेनको सडकको केही भाग पुरै जमिनमुनि भाँसिएको छ । एक प्रमुख चोकनजिकै बिहान करिब ५ बजे पाँच लेनको सडकको २० मिटर लामो र १५ मिटर चौडाई भएको भाग जमिनमुनि पुगेको हो । यो सडक भाँसिएर करिब दुई तले घरभन्दा गहिरो खाडल पर्न गएको छ । टेलिभिजन भिडियोका अनुसार यहाँ दुईवटा गहिरा खाडल परेको छ । जुन लगातार बढिरहेको छ । यो डरलाग्दो खाडलले नजिकैका घरहरु पनि ढल्ने अवस्था आएको छ । japan-road-2 सडकको एउटा सिङ्गै भाग खाडलमा परिणत भएको देखेका एक युवकले सरकारी टेलिभिजन एनएचकेसँग भने 'बाहिर केही अँधेरो थियो..... र सबैभन्दा पहिले मेरो दिमागमा के साँच्चिकै सडक भासिएको हो भन्ने ख्याल आयो । जब मैले त्यसतर्फ हेरेँ तबसम्म सडक खाडलमा परिणत भइसकेको थियो । र, यो खाडल लगातार गहिरो हुँदै गएको छ ।' japan-road1 युवकले अगाडि भनेका छन् 'मलाई त्यसबेला जब डर लाग्यो तब त्यो चोकमा रहेको ट्राफिक लाइट पनि खाडलमा खस्यो । जहाँ म उभिएको थिएँ, मलाई लाग्यो यहाँबाट अब म पनि निस्केर गइन भने बाँच्नेवाला छैन ।’' यो खाडल आश्चर्यजनकरुपमा गहिरो हुँदै गएको छ। बिहान लगभग ९-१० बजेसम्म यो दुई तले घरलाई पुर्ने भन्दा गहिरो भइसकेको छ । यो खाडल गहिरिँदै गएपछि त्यहाँ फुटेको पाइपबाट पानी निस्किरहेको छ । आश्चर्यजनकरुपमा खाडल गहिरिँदै गएपछि आसपासको इलाकालाई प्रहरीले खाली गराएको छ । japan-road-3 पुलिसले खाडल परेको नजिकको घरहरुलाई पनि खाली गराएको छ । तर, यो खाडल पर्ने क्रममा कोही पनि घाइते नभएको बताइएको छ। देशको दक्षिणमा अवस्थित मुख्य जापानी द्वीप क्युसुको सबैभन्दा ठूलो शहर फुकुओकाको ट्रान्सपोर्ट ब्युरोले बताए अनुसार त्यस आसपासमा रहेका सबवे लाइन भइरहेको विस्तारका कारण यस्ता खाडल अझै पर्न सक्ने सम्भावना छ । यहाँको रेलवे स्टेशन धेरै महत्वपूर्ण छ । यहाँबाट पुरै देशमा चल्नेवाला सुपरफास्ट बुलेट ट्रेन पनि जाने गर्छ ।

Japan japan ma road vasiyepachhi Road