कभर स्टोरी

नयाँ शक्तिका हरेकले बाबुराम भट्टराईसँग प्रतिष्पर्धा गर्ने हिम्मत गर्नुपर्छ, म पनि गर्दैछु

नयाँ शक्तिका हरेकले बाबुराम भट्टराईसँग प्रतिष्पर्धा गर्ने हिम्मत गर्नुपर्छ, म पनि गर्दैछु
https://youtu.be/Q4cLQmxZDHI
निर्मलकुमार भट्टराई झलनाथ खनाल प्रधानमन्त्री हुँदा उनको सचिवालयमा रहेका थिए । चुनावको मुखैमा तत्कालिन एकीकृत माओवादीमा प्रवेश गरे । माओवादीबाट पनि सम्बन्ध विच्छेद गर्दै निर्मल बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा सक्रिय छन् । निर्मलको राजनीतिक दौड र नयाँ शक्तिको भविश्यमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । नयाँ शक्तिको नाममा मात्रै नयाँ झुण्डिएको हो कि खाश केही नयाँ पनि छ ? नयाँ शक्तिको उदय किन भयो भन्ने कुराको हेक्का राखेपछि नयाँ के छ भन्ने कुरा स्वतः प्रष्ट हुन्छ । सामान्ती व्यवस्था र राजतन्त्रसँग जोडिएको पञ्चायतीे व्यवस्थाको अन्त्य गर्न पूराना शक्तिले सराहनीय भुमिका निर्वाह गरे । तर, राजनीतिक परिवर्तनका लागि बनेका यि पार्टीको मानसिकता ध्वंस्सात्मक छ । आर्थिक बिकास र समृद्धि यी पार्टीबाट सम्भव छैन भन्ने पुष्टि भइसकेको छ । पार्टीहरु यान्त्रिकरुपमा संचालित छन् । राजनीतिको मूल प्रवाहबाट दक्ष जनशक्ति बाहिरिएको छ । राजनीति भनेको कुरा गर्ने विधा जस्तो बनेको छ । जबकी राजनीति देशलाई दिशा दिने सारथी हो । यही कुरालाई ध्यानमा राखेर यस्तो शक्तिको निर्माण गर्न खोजिएको हो जसको मुख्य उद्देश्य समृद्धि हो । विभिन्न क्षेत्रमा काम गरेका मानिसहरुको सहकार्य र एकताले नयाँ शक्तिको निर्माण हुँदै गरेको छ । nirmal kumar bhatarai-naya-shakti-politician-nepalaaja
अन्य पार्टीको ध्वंसबाट आएको पृष्टभूमि छ भन्नुभयो । डा. भट्टराईले पनि त युद्ध गरेर आउनुभएको थियो नि ? जतिबेला उहाँले लडाई लड्नुभयो, त्यतिबेला उहाँले अंगिकार गरेको विचार विल्कुल भिन्न थियो । उहाँँले त्यतिबेल माक्र्सवाद, लेनिनवाद र माओवादलाई आधार मानेर लडाई लड्नुभएको हो । माक्र्सवादअनुसार सर्वहरावर्गको अधिनायकत्व स्थापना गर्नु राजनीतिक अभिष्ट हो । त्यहीं सिद्धान्त लेलिनले रुसमा प्रयोग गरे । माओले पनि किसान र मजदुर मिलाएर युद्ध गरे र चीनको सत्ता प्राप्त गरे । त्यसैको आधारमा नेपालमा शक्ति र सत्ता प्राप्त हुन्छ भन्ने आधारमा डा. भट्टराई अगाढि बढ्नुभयो तर अहिले ती सबै सिद्धान्तलाई उहाँले परित्याग गरिसक्नुभयो । माक्र्सवादअनुरुप विश्वलाई हर्ने दृष्टिकोण ठीक छ तर तिनको सोलोडोलो प्रयोग समय सान्र्दभिक र सम्भव छैन भन्ने निष्कर्षमा उहाँ पुग्नु भएको छ । मान्छेले नयाँ विचार कसरी ग्रहण गर्छ र चल्छ भन्ने कुरा महत्वपूर्ण हो । विचारको कुरा गर्दा हामी विल्कुल नयाँ विचारमा छौँ । हाम्रो विचार कुनै पनि पार्टीसँग मिल्दैन ।
यहाँको पनि पृष्ठभूमि कम्युनिस्ट नै छ र डा. भट्टराईको पनि त्यही थियो । अब कम्युनिष्टको एजेन्डाले काम गर्दैन पूँजीवादतिर लाग्नुपर्छ भन्ने दृष्टिकोण हो ? त्यस्तो होइन । यी दुबै व्यवस्थाका आ आफ्नै राम्रा र नराम्रा पक्षहरु छन् । जस्तो कार्ल माक्र्सको सबै सिद्धान्त लागू हुन सक्दैनन् । त्यस्तै हामीले यी दुवै पक्षका राम्रा कुरालाई ग्रहण गरेर लैजाने र नराम्रा पाटाहरुलाई साहसपूर्वक परित्याग गर्ने हो ।
सबै कुराको राम्रो राम्रो पक्ष लिन हो भने उटँजस्तो बन्छ भनिन्छ नि, नयाँशक्ति पनि उटँजस्तै बन्न खोज्या हो ? (हाँस्दै) उटँ जस्तो त होइन । राजनीतिमा कुनै पनि वस्तु जोडजाम गरेर बन्ने कुरा हुँदैन । राम्रा कुराहरुलाई राम्ररी व्यवस्थापन गर्न सकियो भने त्यहाँ अर्कोे नयाँ व्यवस्थापनको सिर्जना हुन्छ । हामीले नयाँ व्यवस्थाको सिर्जना गर्ने कुरामा केही राजनीतिक कुरा अंगिकार गरेका छौँ । जस्तो प्रत्यक्ष लोकतन्त्रको कुरा गरेका छाँै । प्रत्यक्ष लोकतन्त्रमा जनताको प्रत्यक्ष मतबाट नेताहरु चुनिएर आउछन् । जनताले चाहे अनुसारको काम गर्न नसके ति नेताहरुलाई फिर्ता गर्न पनि सक्छन् । प्रत्यारोहणको विधि हाम्रो पार्टीमा मात्र छ । यी व्यवस्था कुनै दुई व्यवस्थाको फ्यूजन भन्दा पनि हामीले नेपालको सन्दर्भमा नयाँ ढङ्गबाट राजनीतिलाई अगाडि बढाउन खाजेको हो । यो कुनै व्यक्तिको पद बढाउने, बनिसकेका हिजोका प्रधानमन्त्रीलाई फेरि प्रम बनाउनेभन्दा पनि जनताका आर्थिक सम्बृद्धिसँग हाम्रा देशका सम्पूर्ण गतिविधिहरुलाई कसरी लिएर जान सकिन्छ, हिजोको ध्वंसका कुरालाई कसरी न्यूनिकरण गर्न सकिन्छ, बन्द हडताललाई कसरी हटाएर ध्वंसमा लागेका शक्तिाई कसरी देश निर्माणमा लगाउन सकिन्छ भन्ने कुरामा हामी केन्द्रीत छौँ । वादहरुमा नअल्झि के गर्दा देशका आर्थिक र सामाजिक विकास हुन्छ भन्ने कुरामा हामीले जोड दिएका छौँ ।
नयाँ शक्तिमा विभिन्न क्षेत्रमा संलग्न सबै व्यक्तिहरु पूरानै अनुहार हुनुहुन्छ, कसरी नयाँ भयो त ? मानिसको विगतका कुराले नयाँ शक्तिमा केही फरक पर्दैन । अहिलेको परिवेशमा उसले कसरी सोच्छ र उसले आफ्नो विचारलाई कसरी परिवर्तन गर्छ भन्ने आधारमा उसको मूल्याङकन हुन्छ । यदि कोही मानिस पूरानै कुरा सोचेर पूरानो व्यवस्थामा आफूलाई केन्द्रित गर्छ भने त्यो नयाँ शक्ति हुन सक्दैन । पूराना कुराका सबै सबल पक्ष ग्रहण गरेर नयाँ सोचमा केन्द्रित भएमात्र कोही नयाँ शक्तिको अभियानकर्ता बन्न सक्छ । त्यो सोच डा.भट्टराईमा पनि लागू हुन्छ र अन्य कार्यकर्तामा पनि लागू हुन्छ । यो सोचमा नयाँ शक्तिमा आएका सबै मानिसहरु अभ्यस्त भइसके भनेर म दाबी गर्न सक्दिन । तर, त्यो प्रक्रियामा हामी छौँ । राजनीतिलाई पेशा होइन सेवा हो भन्ने बोध नयाँ शक्तिले गरेको छ । जसले बलिदान गर्न सक्नुहुन्न उहाँहरु नयाँ शक्तिमा नटिक्न पनि सक्नुहुन्छ । मान्छे पूराना भएपनि सोच र दृष्टिकोण नयाँ बनाउने हाम्रो अठोट हो ।
कुनैपनि राजनितीक पार्टीलाई मूल्याङकन गर्ने माध्यम चुनाव हो । अहिलसम्म चुनावी प्रक्रियालाई नझेलेको नयाँ शक्तिलाई जनताले भोट किन दिने ? पहिलो कारण, नेपालको राजनीतिलाई विगत ७० वर्षमा जुन दृष्टिकोणले हेरियोे हामीले त्यो भन्दा फरक दृष्टिकोणले राजनीतिलाई हरिरहका छौँ । दोस्रो, हामी देशको शान्ति , सम्बृद्धि र स्थिरता चाहन्छौँ । अब ध्वंसको चरण सक्किसक्यो । तेस्रो, हामीले राजनीतिमा सदाचारको कुरालाई प्रथामिकता दिएका छौँ । अब नयाँ नेपाल निर्माणमा हामी लाग्छौँ । भ्रष्टाचारको विषयमा हामी निकै सचेत छौँ र यसको विरोधमा छौँ । देशको लागि बलिदान गर्न सक्ने व्यक्तिमात्र नयाँ शक्तिमा हुन सक्नुहुन्छ । हामी जनताका सेवक हौँ भनेर प्रमाणित गर्ने छौँ । यसैको आधारमा जनताले हामीलाई भोट दिनुहुन्छ ।
नयाँ शक्ति अन्तिममा घुमिफिरी माओवादी केन्द्रसँगै एकता गर्ने त होला नि ? यो सम्भव छैन । एकता भनेको दुई नेताले गाला जोडेर कायम गर्ने होइन । एकताको लागि विचारमा एकरुपता आउन जरुरी छ । विचारमा माओवादीभन्दा धेरै टाढा पुगिसक्यौँ । त्यो तत्काल जोडिन सक्ने सम्भावना छैन । माओवाद भनेको हतियार युद्ध गरेर सत्ता कब्जा गर्ने विज्ञान हो । त्यो विज्ञान हामीले पूर्ण रुपमा छोडेर जनताका मतबाट नै जनताले चुनेको नेता बनाउनुपर्छ भन्ने योजना बनाएका छौँ । यो कुरा माओवादी वृत्तामा छैन । उहाँहरु अहिलेसम्म पनि युद्ध र सत्ताकै कुरा गरिराख्नुभएको छ । विचारै नमिलेको ठाउँमा माओवादीसँग एकीकरण गाला जोडेको भरमा हुँदैन । बाबुराम भट्टराई या अन्य नेतााको चाहनाले मात्र माओवादी र नयाँ शक्ति को मिलन हुने सम्भावना छैन । हामी माओवादी होइनौँ, लोकतन्त्रवादी पाटी हौँ ।
डा. भट्राईले माओवादीमा अध्यक्षको पद नपाएर नयाँ पार्टी स्थापना गरेको भनिन्छ, विगतमा पनि कांग्रेस, एमाले फुट्दै फेरि जुटेको इतिहास छ, नयाँ शक्तिमा पनि यस्तो हुने हो की ? एमाले फुट्दा झण्डा, विचार, जनताको बहुदलीय जनवादमा भिन्नता थिएन । नेतृत्वका टकरावमा पार्टी फुटेको थियो । कांग्रेसमा पनि त्यस्तै भएको थियो । तर, डा. भटराईले झण्डा र माओवाद नै त्याग गर्नुभएको छ । उहाँले सम्पूर्ण विचार त्यागेर आउनुभएको कारण यसमा हामीले ठूलै अन्त्र देख्न सक्नुपर्छ । यो कुनै अध्यक्ष पद पाउनको लागि विभाजन गरिएको हैन, यदि त्यस्तो हो भने यो दुर्भाग्यबाहेक केही हैन ।
यदि डा. भटराईले पछि माओवादी एकीकरणमा जान खोज्नुभयो भने तपाईहरुले यसको प्रतिकार गर्नुहुन्छ ? हामी त्यो कुनै पनि हालतमा हुन दिदैँनौ । नयाँ शक्तिका ९० प्रतिशतभन्दा बढि अभियानताहरुले त्यसो गर्न दिनुहुन्न । यो पार्टी कुनै पनि नेताको पद बढाउनको लागि बनेको पार्टी हैन । जनताको लागि बनेको हो । त्यो नीति यहाँ लागू हुँदैन । यदि कसैले पदको लागि बार्गेनिङ गर्छ भने ती मानिसलाई जनता र नयाँ शक्तिको अभियानकर्ताबाट रुचाँइदैन ।
यहाँले डा. भटराईसँग प्रतिश्पर्धा गर्ने घोषणा गर्नुभएका छ नयाँ शक्तिको अध्यक्षका लागि, के यो साँचो हो ? मैले यो कुरा घोषणा गरेको हुँ । मेरो तुलनामा डा. भट्टराई पढाइ, अनुभव राजनीतिका हिसावले धेरै अगाडि हुनुहुन्छ । मेरो घोषणा के हो भन,े अबको एक वर्षमा म उहाँ जत्तिकै क्षमतावान् बन्ने प्रयत्न गर्नेछु । यदि नयाँ शक्तिलाई जनताको प्यारो बनाउने हो भने हजारौँ मानिसले उहाँसँग प्रतिस्प्रर्धा गर्नु पर्छ । मैले उहाँसँग प्रतिस्प्रर्धा गर्न सक्छु र तयार छु । त्यसको लागि म आफूलाई योग्य बनाउँछु । म हरेक साथीलाई यही कुरा अपिल गर्छु की तपाईहरु प्रतिस्पर्धा अरुसँग नभएर डा. भट्टराईसँग गर्नुहोस् । यहाँ पहिला एमालेमा हुनुहुन्थ्यो, त्यसपछि माओवादी केन्द्रमा सक्रिय हुनुभयो र अहिले नयाँ शक्तिमा हुनुहुन्छ । अहिले पनि नयाँ शक्ति छोड्नेजस्ता समाचार आउँछन् । तपाईको राजनी िकिन अस्थिर देखिन्छ ? राजनीतिमा मेरो अस्थिरता छ जस्तो लाग्दैन । पछिल्लो समय एमालेले राजनीतिमा डननीति ल्यायो । देशका डनहरुलाई राजनीति संरक्षण दियो । हिजोदेखि काम गरेका इमान्दार मान्छेहरुलाई पछि पार्ने र बहुदलीय डनवादको अभ्यास गर्यो । त्यो कुराको मैले लामो समयसम्म विरोध गरेको थिएँ । मैले इमान्दार र सदाचारी राजनीतिको पक्षमा काम गरेको थिएँ । एमाओवादी हिजो लडेर आएको पार्टी हुनाले लोकतान्त्रिक पार्टी भयो भने राम्रो हुन्छ की भनेर मे प्रवश गरको हुँ । त्यहाँ रहँदा पनि तिनै पूरानै कुराहरु भएको हुनाले मैले प्रचण्डलाई माओवाद , लेलिनवाद र माक्र्सवादका केही सिद्धान्त छोड्नुपर्छ भनेर आठ पेजको डकुमेन्ट पेश गरेको थिएँ । त्यो पेश गर्दा डा.भट्राई पनि सँगै हुनुहुन्थ्यो र यसमा सहमत भएर सँगै काम गर्ने बताउनुभएको थियो । यही कुराहरुको वैचारिक शिलशिलामा हामी अहिले यहाँसम्म आइपुगेका छौँ । नयाँ शक्तिमा पनि सबै सबल पक्ष छ भनेर म भन्न सक्दिनँ । हाम्रा नराम्रा पक्षालाई मनन् गर्नसक्नुपर्छ भन्ने मेरो विचार हो । नयाँ शक्ति छोडेर अन्त कतै जाने मेरो सोच छैन । हामी यसाई बनाएरै छाड्छौँ । त्यसकारण अस्थिरताको प्रश्न छैन ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ? अहिलेसम्म मतदाताहरुले विभिन्न कुराले प्रभावित भएर मतदान गर्नु भएको छ । तर अब मतदान गर्दा विचार भन्दा पनि व्यत्तिको व्यवहार र जनताप्रतिको समर्पणलाई हेरेर भोट हालिदिनुस् भनेर भन्न चाहन्छु । विचारलाई नहेरेर विवेकलाई मनन गरिदिनुहोला ।

naya shakti nirmal kumar bhattarai

विशेष

ADVERTISEMENT