विचार

‘ओलीलाई गोयबल्स विधामा विद्यावारिधी’

‘ओलीलाई गोयबल्स विधामा विद्यावारिधी’
kp-sharma-oli-1
तिहारको ठीक अघि नेकपा एमालेका युवा नेताहरु धुम्बाराहीस्थित पार्टी कार्यालय अगाडि रहेको रेष्टुरेन्टमा गफिदै थिए । भुँइ तल्लामा रहेको क्याबिनमा उनीहरु एमालेभित्रका अनेक प्रवृत्तिमा चर्चा गरिरहेका थिए । गफको केन्द्रमा स्वभावैले पार्टी अध्यक्ष केपी ओली थिए । सहभागी एकले ओलीलाई गोयबल्स बिधामा बिद्याबारिधि दिएपनि हुने सुझाए । ति नेताले त्यसो भन्न नपाउँदै केहीले ताली पिटे । कोही मस्त हासे । ओलीका बारेमा एमालेभित्र र बाहिर अनेक किस्सा तयार छन् । गोयबल्स्को सन्दर्भ पछिल्लो समय चल्तिमा छ । जर्मन शासक हिटलरका प्रचारमन्त्री थिए जोसेफ गोयबल्स् । उनले प्रचारका १९ सूत्र पहिल्याएका थिए । जसको सार थियोः सय पटक झूठो कुरा दोहोराएपछि सत्य सुनिन थाल्छ, प्रचार केन्द्रीकृत कमाण्डमा आधारित हुनुपर्छ ताकि एकरुपता होस् । ओलीपक्षधरको आक्रामक प्रचारशैलीले सबैभन्दा अफ्ठयारो परेको छ माधब नेपाल पक्षलाई । बरिष्ठ नेता नेपालले एक अन्तरवार्तामा दुखेसो पोखेका थिए, ‘फेसबुकमा उदण्डहरुको जमात खडा गरिएको छ । शिष्टता भन्ने छैन । जे पायो त्यही लेखेको छ । यस्तो नि पार्टी पद्धति हुन्छ ?’ पार्टीका अन्य नेताको अस्तित्वसमेत निषेध गर्ने गरी ओली गुट सामाजिक संजालमा सक्रिय रहेको नेपालले निष्कर्ष निकालेका थिए । एकैथरी व्यक्ति ओलीको पक्ष र अन्य नेताको विपक्षमा संगठितरुपमा वाकयुद्ध गरिरहेको बुझेपछि नेपालले सार्वजनिकरुपमै तीतो पोखेका थिए । ओलीलाई विकासका संवाहक प्रधानमन्त्रीका रुपमा स्थापित गर्ने अभियान चलाइएको थियो । नेता नेपाल उदेग मान्थे । नेपालको कोटेश्वरस्थित घरमा लुम्बिनी क्षेत्रका मानिसहरु धाइरहन्थे, ‘गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि उपलब्ध गराउने भनिएको बिजुली, बालुवा र गिट्टी भएन ।’ चौविसै घण्टा बिजुली दिने र ६ लाख मेट्रिक टन गिट्टीबालुवा दिने गरी निर्माणकम्पनीसँग पूववर्ती सरकारले सम्झौता गरेको थियो । तर, विद्युत आपूर्तिका लागि सरकारले मन्त्रिपरिषद्स्तरीय निर्णय गर्न महिनौँ लगायो । मन्त्रिपरिषद्को निर्णय परिपत्र सम्भवतः ओलीको कार्यकाल भरिनै भएन । गिट्टी पाचहजार टनमात्र उपलब्ध गराइएको थियो । तीन बर्षभित्र सक्नुपर्ने विमानस्थलको काम ओली कार्यकालमा नगन्यप्राय रह्यो । कुरा स्पष्ट थियो, ‘बिजुली र बालुवागिट्टी दिलाएबापत कमिसन खोजिएको थियो ।’ त्यसैलाई इंगित गर्दै नेता नेपालले ओलीबिरुद्धको अविस्वास प्रस्तावको सन्दर्भमा संसदमा बोल्दै भने, ‘प्रधानमन्त्रीज्यूलाई विकास गर्ने ईच्छा होला । तर व्यवहारमा के भयो ? गौतमबुद्ध बिमानस्थलमा बालुवागिट्टी र बिजुलीको अवस्था के छ ?’ भनिरहनु पर्दैन ओली मन्त्रीमण्डलमा अर्थमन्त्री लुम्बिनीकै बिष्णु पौडेल थिए । oli-sarkar-nepalaaja ओलीलाई अनेकथरी मान्छे योजनासहित भेट्न जान्थे । योजना सुनेपछि ओली उत्साहित हुँदै भाषण गर्थे । ओलीमय बनेको युवा पुस्ता भोलिको नेपालको सपना देखेर ओलीका पक्षमा जयजयकार गथ्र्यो । तर, ओली अरुको योजनामा बोलिरहेका हुन्थे जुन योजना उनका लागि आए आँप गए झटारो सिवाय केही थिएनन् । उदाहरणका लागि युके गुर्खाजले हावाबाट बिजुली निकाल्ने र देशलाई लोडसेडिङमुक्त गर्ने प्रस्ताव पेश ग¥यो । ओली उत्साहित भए । भाषण गरिहाले । तर, देशमा हावाबाट बिजुलीको चर्को बहश गराएर गुर्खाज बेपत्ता भयो । ओली सरकारको बजेटमा हावाबाट बिजुली निकाल्ने योजनामा हावा निस्किसकेको थियो । यदाकदा हावाबाट बिजुली निस्केको खबर आइहाले ओली प्रसंशक सामाजिक संजालमा छाइहाल्छन्, ‘देख्यौँ ? ओलीले भनेको पूरा भयो ।’ हावाबाट बिजुली ओलीले भन्नुभन्दा पहिले पनि नेपालमा निकालिएको थियो । हावाबाट बिजुली निस्कन्छ भन्ने आविश्कार ओलीले गरेका पनि होइनन् । तर, ओलीले जुन मात्रामा हल्ला गरे, त्यसको तुलनामा कामभने सुन्य गरे । ओलीले पाइपबाट ग्यासको हल्ला चलाए । अन्यत्र यो सम्भव भइसकेको पूरानो विषय हो । तर, नेपालको हकमा त्यो अनौठो विषय बन्यो । ओलीले काठमाडौँको जमिन मुनी रहेको ग्यास उत्खनन् गर्ने र घरघरमा पाइपमार्फत पु¥याउने भाषण गरे । नयाँ पुस्ताका लागि नयाँ नारा थियो त्यो । तर सो बिषय नयाँ थिएन । २०५५ सालतिर अर्थमन्त्री रहेका डाक्टर प्रकाशचन्द्र लोहनीले टेकुमा ग्यास उत्खनन्का लागि कार्यदल समेत बनाएका थिए । अन्वेषणका लागि अनुसन्धानसमेत भइसकेको थियो । उनी भन्छन्, ‘मैले कार्यदलसम्म बनाएको थिएँ, म हिडेपछि कार्यदलको पनि बेहाल भयो । अहिले ओलीले हल्लामात्रै गरेँ । कार्यदलसमेत बनाएनन् । प्रचारबाजीमात्रै भयो ।’ ओलीले इन्धन आयात गर्नेलगायतका अनेक सन्दर्भका लागि उत्तरी छिमेकीसँग हात बढाए । भारत भ्रमणपछि उनले एकाएक इन्धन खरिद सम्झौताको विषयलाई थाती राखिदिए । ओली आरोहको त्यो राप र तापमा सबैभन्दा महत्वपूर्ण बिषय भारतसँग ‘सौदाबाजी’ गरिएको थियो । तर, ओलीको अभुतपूर्वरुपमा जयजयकार भयो । ओलीले राष्ट्रियताको चर्को नारा लगाए । तर, नेपालको राजनीतिक समस्या समाधान र संविधान संशोधनका विषयमा भारतसँग चार बुँदे भद्र सहमति गरे । तात्कालिन परराष्ट्रमन्त्री कमल थापाको दिल्ली दौडले थुप्रै प्रश्न उतिबेलै जगाएको थियो । ओली प्रचारकहरुले पछिल्लो समय काठमाडौँ उपत्यका लोडसेडिङमुक्त हुने प्रसंगलाई आफ्नो पोल्टामा पार्ने प्रयास गरिरहेका छन् । उनीहरुले ओलीको सपना पूरा भएको भन्दै सामाजिक संजालमा पोष्टरिङ शुरु गरेका छन् । तर, उपत्यका लोडसेडिङमुक्त भएको ओलीको आइडियाले होइन । ओलीको कार्यकालमा समेत लुकाएर व्यवसायिक घरानालाई उपलब्ध गराइएको बिजुलीको व्यवस्थापनबाट काठमाडौँ लोडसेडिङ मुक्त भइरहेको हो । कुलमान घिसिङले यसका लागि नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए । यिनै घिसिङको नियुक्तिको विरोधमा ओलीजन बाह्रभित्ता उफ्रिएका थिए । कुलमानले केही गरेका होइनन्, पहिलेदेखि ओली कार्यकालसम्म लुकाइएको बिजुलीको स्रोतमात्रै खोजेका हुन् । ओलीले ध्यान नदिएको सवालमा हात हालेका हुन् । ओली अभियन्ता भन्दैछन्, ‘ओलीको सपना पूरा भयो ।’ हरेक प्राप्तिलाई आफ्नो पक्षमा पार्ने र हरेक दोष अर्काको थाप्लोमा थोपर्ने ओली प्रचारकको रणनीति प्रष्ट छ । ओलीको विरुद्धमा अविस्वासको प्रस्ताव दर्ता भएपछि गोयबल्स् शैलीको उच्चतम प्रयोग भयो । स्वतस्फुर्तका रुपमा ओलीको पेन्टिङवाला टिर्सटधारीहरु सडकमा निस्किन थाले । दुनियाँ चकित पर्ने गरी सयौँले सडकमा ‘आइ एम विथ केपी ओली, लेट्स कन्टिन्यू ओली’को नारा लगाए । संचारमाध्यममा स्वतस्फूर्तरुपमा ओलीको पक्षमा युवा जुलुश शिर्षकका समाचार प्रकाशित भए । तर, सत्य धेरै समय छिप्न सकेन । युवा संघ, अनेरास्ववियू र जिफन्ट तथा प्रधानमन्त्री र राष्ट्रपतिको सचिवालयको समन्वयमा सो कार्यक्रम आयोजना गरिएको तथ्य सार्वजनिक भयो । एकपछि अर्को तथ्य सार्वजनिक भएपछि ओली विरुद्धको अविस्वास प्रस्तावका बारेमा छलफल शुरु हुने दिन गर्ने भनिएको बिशाल प्रर्दशन गुपचुप रह्यो । अरु सबै खराब ओलीमात्र ठीक भन्ने पाराले चालिएको अभियान क्रमशः फितलो हुँदै गएको छ । भारतीय राष्ट्रपति प्रणब मुखर्जीको सम्मान दिइएको दुतावासको भोज बहिष्कार गरेका ओली रात्री भोजमा हुल बाँधेर पुगे । पूर्वप्रधानमन्त्री झलनाथ खनाल भन्छन्, ‘राष्ट्रपतिको सम्मानमा आयोजित भोजमा बोलाएर पनि नगइएको हो भने गल्ती हो । मलाई निम्तो थिएन । म गइनँ । अरुको मलाई थाहा छैन ।’ व्यक्तिगत समस्याका कारण आफु सहभागी हुन नसकेको तथा बरिष्ठ नेताद्वय खनाल र नेपाल बिदेशमा रहेको भनि ओलीको फेसबुकमा राखिएको स्टाटस गलत पुष्टि भएको थियो । अंगिकृत नागरिकलाई सर्वोच्व पदमा आसिन हुन दिने विषयका बारेमा काँग्रेस र माओवादीले समर्थन जनाएको भनि हल्ला चलाउन ओली अभियन्ताले ठूलै प्रयास गरे । सो आरोप पुष्टि हुन नसकेपछि ओलीमाथि कठोर प्रश्न तेर्सिएको छ । खाशै बहशमा नरहेको र मोर्चाले समेत नराखेको मागलाई किन मूलधारको विषय बनाइयो ? आज बहशमा आएको विषय भोलिका दिनमा एजेण्डा बन्ने गर्दछ । चर्चित राजनीतिशास्त्री म्याकियाभेलीले द प्रिन्स भन्ने पुस्तकमा भनेका छन्, ‘शासक पाखण्डी हुनैपर्छ । तर, उसको पाखण्ड जनताले थाहा पाउनु हुँदैन । पूर्ण पाखण्डी नै असली शासक हो जसको असली रुप र बाहिरी रुपको भेद जनताले थाहा पाउन सक्दैनन् ।’ ओली पूर्ण पाखण्डी बन्न सकुन्, सुभकामना । ओलीलाई यसअघि पनि मानार्थ बिद्याबारिधि प्राप्त थियो । अमेरिकामा रहेको भनिएको ग्रिनफोर्ड इन्टरन्याश्नल युनिभर्सिटीले मह जोडी, रामेश्वर थापा, बिजय गच्छदार तथा ओलीलाई एकसाथ बिद्याबारिधि दिएको थियो । पछि बिद्याबारिधि दिने विश्वविद्यालय नै नक्कली भएको खबर बाहिरियो । त्यसलगत्तै महजोडी र थापाले बिद्याबारिधि त्यागेको दाबी गरे । गच्छदार मौन बसे । तर, ओलीले संविधानसभामा व्यक्तिगत बिबरण बुझाउँदा शैक्षिक योग्यतामा बिद्याबारिधि भनेर ठाकिदिए । सायद, ओलीलाई बिद्याबारिधिको भोक ज्यादा छ । उनलाई एमालेजनले चर्चा गरेकै गोयबल्स् बिद्याबारिधि दिने विश्वविद्यालय कुनै होला कि ? (यहाँ प्रयोग भएको फोटो काठमाडौँ बिश्व विद्यालयको दिक्षान्त समारोह सन्दर्भको हो । ) टिप्पणीः नारायण पौडेल

oli sarkar