विदेश

पाकिस्तानको आक्रमणमा भारतीय सेना मारिए

पाकिस्तानको आक्रमणमा भारतीय सेना मारिए
कात्तिक २१ । भारत–पाकिस्तान सीमा क्षेत्रको पुँछमा पाकिस्तानबाट भएको आक्रमणमा परि एक भारतीय सैनिकको मृत्यु भएको छ । आज आइतबार विहानै देखि जारी गोलावारीमा परि एक भारतीय सैनिकको मृत्यु भएको हो । पुँछको कृष्णा घाटी सेक्टरमा पाकिस्तानी पक्षबाट भएको आक्रमणमा परि भारतीय सेनाका २२ सिख रेजीमेन्ट जवान गुरसेवक सिंह मारिएका हुन् । पाकिस्तानी आक्रमणमा परि अर्का एक जवान घाइते भएको बताइएको छ । पाकिस्तानी पक्षबाट सीमा क्षेत्रमा स सना हतियारको फाइरिङ देखि मोर्टार समेत प्रहार भइरहेको भारतीय पक्षको दाबी छ । सीमा क्षेत्रमा जारी गोलावारीमा तस्लीम अख्तर नामकी एक महिला पनि घाइते भएकी छिन् । - एजेन्सी

army Death India Pakistan