विदेश

पाकिस्तानमा रेल दुर्घटना हुँदा २० को मृत्यु, ६५ घाइते

पाकिस्तानमा रेल दुर्घटना हुँदा २० को मृत्यु, ६५ घाइते
कात्तिक –१८ । पाकिस्तानस्थितकराँचीको रेलवे स्टेशन नजिकै बिहीबार बिहान भएको रेल दुर्घटनामा २० जनाको मृत्यु भएको छ, भने ६५ जना घाइते भएका छन् । बिहानको समयमा दुबै रेल हरेक स्टेशनबाट १५ मिनेटको समयमा छुट्ने गर्दछ । जकारिया रेलमा १२३२ भने फरिद रेलमा १३२० मानिस अटाउँछन् ।  घटनाको कारण जकारिया एक्सप्रेसका ड्राइभरले लाईन सिग्नललाई बेवास्ता गरेको देखिन्छ । श्रोतकाअनुसार मुल्तानको जकारिया एक्सप्रेस र लाहोरको फरिद एक्सप्रेस ठोक्किएपछि दुर्घटना भएको हो । स्थानीय सञ्चारमाध्यमकाअनुसार उद्धारकर्मीले रेलका भग्नावशेषमा फसेकायात्रुहरुलाई उद्धार गरिरहेका छन् । –एजेन्सी

Death Pakistan Train Accident