विचार राजनीति

'पार्टीलाई सरकारसंग बिलय गराउने गल्तिबाट बचौं'

'पार्टीलाई सरकारसंग बिलय गराउने गल्तिबाट बचौं'
  narayan-kaji-shrestha-nepalaaja
नेपाली समाजको लोकतान्त्रीकरण एवं रुपान्तरणको पछिल्लो प्रकृयालाई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको आजको यो बिन्दुसम्म पुर्याउने कार्यमा नेपालका राजनैतिक नेताहरुमा हाम्रो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री क• प्रचण्डको योगदान सबभन्दा महत्वपूर्ण रहेको छ भन्ने यथार्थलाई कसैले नकार्न सक्दैन ।हामी अध्यक्ष क• प्रचण्ड को नेतृत्वमा नै पार्टी, आन्दोलन र देशलाई अझ अघि बढाउन चाहन्छौं । यो नै हाम्रा लागि सबैभन्दा राम्रो बिकल्प हुन सक्छ भनेर नै यस दिशामा प्रयत्न गरिराखेका छौं । तर यस सम्बन्धमा तत्कालिक रुपमा दुइटा कुरामा स्पष्ट हुनु आवश्यक छ । एक, नेतृत्वसँगको सम्बन्ध द्वन्दात्मक हुनुपर्छ  ।नेतृत्वको सकारात्मक पक्षको समर्थन सहित द्रिढतापूर्वक रक्षा र नकारात्मक, कमजोर एवं गलत पक्षहरुको सच्याउने उदेश्यद्वारा आलोचना, बिरोध र संघर्ष । जसले यो दृष्‍टि बिन्दु लागु गर्दैन उ या त यान्त्रिक चिन्तनमा आधारित पिछा लाग्नु वा नीजी स्वार्थ प्रेरित चाकरीवाज हो या आदर्शबादी शुद्दताबादमा आधारित निरपेक्ष आलोचक वा ब्यक्तिबादको अर्को कोणमा आधारित निषेधक । यी दुबै प्रवृती गलत हुन् । जसले नेता, पार्टी, आन्दोलन र देशलाई समेत नोक्सान पुर्याउंछ । हाम्रो एउटा समस्या नेतृत्वलाई मान्नु भनेको सधैं सबै कुराको समर्थन गर्नु पर्छ भन्नु हो । आफ्नो नीजी स्वार्थ पुर्तीको लागि नेतृत्वलाई गलत भन्दा गलत काम गर्न लगाउनु वा नेतृत्वले आफु स्वयं, पार्टी, आन्दोलन र देश लाई नै नोक्सान पुग्ने जस्तो सुकै गलत काम गरे पनि अन्ध समर्थन गर्नु र उक्साउनु आज देखा परेको ज्यादै घातक प्रबृती हो । आफ्नो तत्कालिक नीजी स्वार्थ बाहेक केही नदेख्ने यो प्रबृतीले नेतृत्व र पार्टी पातल मा पुगे पनि केही मतलब गर्दैन । नेतृत्वको अन्ध समर्थन र चाकरीमा प्रस्तुत हुने यसले वास्तवमा नेतृत्व र पार्टी लाई अन्तत: समाप्त गर्ने भूमिका खेल्दछ । सच्चा क्रान्तिकारीहरुले सहीलाई सही र गलतलाई गलत भन्नु पर्छ र नेतृत्वलाई गल्ती कम्जोरी बाट समयमै बचाउदै रुपान्तरण मा सहयोग गर्नु पर्छ । यसरी मात्र नेत्रित्व, पार्टी एवं आन्दोलन को रक्षा एवं बिकास गर्न सकिन्छ । नीजी स्वार्थ लम्पटहरुले जे-जे भनेर अहिले कराए पनि नेतृत्व, पार्टी, क्रान्तिकारी आन्दोलन र देशको निम्ती यसरी अगाडी बढ्नै पर्छ । अन्यथा पष्चाताप बाहेक केही बांकी हुनेछैन । दुई, परम्परागत संसदबादी पार्टीहरुले समेत संसदीय ब्यवस्थामा आफ्नो सरकारको सम्पूर्ण कुराको समर्थन गर्दैन । मुलभुत रुपमा समर्थन गर्दै कतिपय कुरामा आलोचना गर्छ । गठबन्धन सरकारको हक मा त झन् कुनै पार्टीले पनि आफु रहेको सरकारको हरेक कुराको समर्थन गर्दैन, गर्न सक्दैन।मुलभुत रुपमा समर्थन गर्दै गलत कार्यको बिरोध गर्दछ र सरकार सङ्ग कतिपय माग राख्दछ । हाम्रो पार्टी एक क्रान्तिकारी पार्टी हो र अहिले को परिवर्तन महत्त्वोपूर्ण परिवर्तन भएपनि राज्य संयन्त्र र संरचना को पूर्ण क्रान्तिकारीकरण भईसकेको ठान्दैन । यस स्थितिमा हाम्रो पार्टीले सरकारको निर्णय एवं काममा नै पार्टी को संपूर्ण नीति, कार्यक्रम र योजना घुलन भईसकेको ठान्दैन । त्यसमाथि अहिलेको गठबन्धन सरकारको सन्दर्भमा त यो कुरा कल्पना पनि गर्न सकिन्न । त्यसैले सरकारबाट भएगरेका गल्ती कम्जोरीको आलोचना - बिरोध गर्नु पार्टी तथा नेताहरुको जिम्मेवारी हुन्छ।हो, सरकारको संचालन पार्टीको संस्थागत निर्णयबाट हुन सकेको अवस्थामा यो स्थिति स्वत: केही कम हुन जान्थ्यो । त्यसैले सरकारको राष्ट्रिय महत्वका कार्यभार पुरा गर्न र सरकारलाई प्रभावकारी एवं परिणाममुखी बनाउन सम्पूर्ण पार्टी एकढिक्को होऔं, संस्थागत संचालन एवं निर्णय प्रकृयाद्वारा गल्ती -कमजोरीलाई कम भन्दा कम बनाउने प्रयत्न गरौं र गल्ती - कम्जोरी भए आलोचना गरौं र पार्टीलाई सरकारसंग बिलय गराउने गल्तिबाट बचौं । पार्टीले आफ्नो एैतिहांसिक क्रान्तिकारी कार्यभार पुरा गर्न लामो समय सम्म संघर्ष गरी राख्नु पर्दछ भन्ने तथ्यलाई नबिर्सौं। नारायणकाजी श्रेष्ठ 

Narayan Kaji Shrestha