समाज

यसकारण मनाइन्छ भाइटीका

यसकारण मनाइन्छ भाइटीका
समाज/भाइटीका

bhai-tika
काग , कुकुर, गाई र गोरु तिहार सकेपछि भाइतिहार अर्थात भाइटीका मनाउने चलन छ । यी हरेक तिहारको आआफ्नै छुट्टै महत्व छ । यसलाई तिहार अथवा दिपावली भनेर पनि मनाईन्छ । दीपावलीको आफ्नै महत्व र विशेषता रहेको छ । यो पर्वलाई दिदी भाइको सम्बन्ध प्रगाढ बनाउने चाडको रुपमा पनि मान्ने गरिन्छ । यो बाहेक बाहेक भाइटीकाको आफ्नै सास्कृतिक महत्वहरु धेरै छन । तिहारको समयमा प्राय गरी दिदिबहिनीहरुले टीका लगाएर मखमली फूलको माला लगाइदिन्छन । किनभने, मखमली फुल कहिल्यै ओइलाउँदैन । सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन । त्यसैले तिहारमा यी फुलको माला अति महत्व हुन्छ । तिहारको अन्तिम दिनको रुपमा भाइटीकालाई मानिन्छ । दिदीले भाइलाइ र बहिनीले दाजुलाई टीका लगाउने चलन छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तरनिहित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान–सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ ।

दाजु–भाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्ने, फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाईँदिने र सगुनका रूपमा दही दिने प्रचलन पनि रहेको छ ।


भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायूको कामना गर्ने गरिन्छ ।
bhai-tika-nepalaaja
भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहीनी यमुनालाई भेट्न आएका थिए । यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा । त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइन् । त्यो बेलामा यमपञ्चक परेको थियो । यमपञ्चकभर यमराज यमुना कहाँ बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् । त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको विश्वास गरिन्छ । भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा समेत लिइन्छ । दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान–सुपारी, फूल आदि दिने चलन पनि रहेको छ । टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् । भाइटीकाका लागि ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा–मीठा परिकारको आवश्यकता पर्छ । भाइटीकाको सुरुवातमा दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ । त्यसपछि दाजु–भाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्ने, फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाईँदिने र सगुनका रूपमा दही दिने प्रचलन पनि रहेको छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ भन्ने मायन्ता छ । टीका लगाएपछि उपहार आदान–प्रदान गरिन्छ । टीका विशेषतः रातो वा पहेलो रंगका लगाइन्छ । तिहारमा लगाइने टीका सात रंगका हुन्छन, पहेंलो, नीलो, सुन्तला रंगको, सेतो, हरियो, रातो र कालो । सतरंगी टीकालाई निधारमा ठाडो रेखामा सिधा लगाइन्छ ।
 

Bhai tika tihar

विशेष

ADVERTISEMENT