समाचार

दीपावलीको सन्दर्भमा अमेरिकी राष्ट्रपति ओबामाको भिडियो सन्देश

दीपावलीको सन्दर्भमा अमेरिकी राष्ट्रपति ओबामाको भिडियो सन्देश
barak-obama-nepalaaja
अमेरिकाका राष्ट्रपति बाराक ओबामाले दीपावलीको सन्दर्भमा भिडियो सन्देश जारी गरेका छन् । दीपावलीको महत्व र सान्दर्भिकताका बारेमा समेत चर्चा गरिएको छोटो भिडियो सन्देशमा ओबामाले सुभकामना व्यक्त गरेका छन् । उनले आफुले ह्वाइटहाउस प्रवेश गरेदेखि नियमितरुपमा दीपावली मान्ने गरेको र यो पर्व आफुलाई राम्रो लाग्ने गरेको जनाएका छन् । उनले भारत भ्रमणका क्रममा पत्नी मिसेलसँगै दीपावली मनाएको प्रसंगपनि उल्लेख गरेका छन् । उनले अमेरिका सबै धर्म र आश्थालाई समान सम्मान गर्ने राष्ट्र रहेको उल्लेख गरेका छन् । ओबामा पत्नी मिसेलले दीपावलीलाई विशेष महत्व दिने गरेको बताइन्छ । ह्वाइटहाउसमा भारतीय उपमहाद्धिपका अतिथिहरुका साथमा ओबामा दम्पत्तिले दीपावली मनाउने गर्दछन् ।
https://youtu.be/HOuYAOs6jrw

obama wishes happy dipawali

विशेष

ADVERTISEMENT