राजनीति

जति लेख्नोस्, राष्ट्रपति भ्रमणको विदा फिर्ता हुँदैन

जति लेख्नोस्, राष्ट्रपति भ्रमणको विदा फिर्ता हुँदैन
prachanda-nepalaaja
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय राष्ट्रपति प्रणब मुखर्जीको भ्रमणमा गरिएको सार्वजनिक बिदा फिर्ता नहुने स्पष्ट गरेका छन् । सरकारी निवास बालुवाटारमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक बिदाको विषयलाई सकारात्मक रुपमा लिन आग्रह गरेका हुन् । उनले राष्ट्रपति मुखर्जीको भ्रमणलाई नकारात्मक बनाउने हिसावले सन्देश प्रवाहित नगर्न उनले संचारकर्मीलाई आग्रह गरेका हुन् । राष्ट्रपति कार्यालयमा सत्ता सहयात्री दलहरु बीचमा सरकारी बिदाको सहमति भएको उनले स्पष्ट गरे । ‘तपाईहरुले साह्रै नै उचाल्नुभयो बिदाको विषय । बिगतमा पनि बिदा दिने गरिएको थियो कतिपय सन्र्दभमा । राष्ट्रपतिको सम्मानपनि हुने र ट्राफिक समस्यापनि कम हुने भएकाले बिदा दिइएको हो । जति लेख्नोस्, बिदा फिर्ता हुँदैन । त्यसैले अलि सकारात्मक बनिदिनोस् ताकी भ्रमणमा सकारात्मक सन्देश जाओस् ।’ प्रधानमन्त्रीले संचारकर्मीसँग आग्रह गरे । संविधान संशोधन सहमति नजिक
प्रधानमन्त्री प्रचण्डले सिमांकन, राष्ट्रियसभाको गठन, भाषा र निर्वाचनका सन्दर्भमा दलहरुका बीचमा सहमति जुट्नै लागेको बताए । आइतबार प्रमुख दलहरुका बीचमा औपचारिक बैठक बस्ने जनाए । महाअभियोग सहमति बाटै
अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्धको महाअभियोग प्रस्तावका बारेमा प्रमुख दलका बीचमा सहमति आवस्यक रहेको जनाए । ‘सहमतिका साथ टुंगो लगाउनुपर्छ । प्रमुख दलहरुका बीचमा सहमति नजुटी केही हुन सक्दैन । मेरो जोड त्यसैमा छ ।’ महाअभियोगका सम्बन्धलाई लिएर सत्ता सहयात्री काँग्रेससँगको सम्बन्धका बारेमा सोधिएको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘नेतृत्व तहमा कुनै असमझदारी छैन । एक अर्काका समस्या बुझेर अघि बढ्ने सहमति भएको छ । यसले सत्ता गठबन्धनलाई कुनै असर गर्दैन ।’ चीनका राष्ट्रपतिको भ्रमण छिट्टै
प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपतिको भ्रमण पुस महिनासम्ममा हुने विस्वास व्यक्त गरेका छन् । उनले भ्रमणको तयारी भइरहेको जनाउँदै चिनियाँ राष्ट्रपतिले नेपाल आउने बताएको जनाए । चीनसँग सहमति नेपाल वा बेइजिङमा
प्रधानमन्त्री प्रचण्डले गोवा सम्मेलनका क्रममा चीनले केही सहमति गर्न चाहेपनि आफुुले काठमाडौं वा बेइजिङमा हुनुपर्ने जोड दिएको जनाए । भारतमा चीनसँग सहमति गर्न आफुले नमानेको उनले स्पष्ट गरे । पुननिर्माण र पूर्वाधार निर्माणमा चीनसँग काठमाडौं वा बेइजिङमा छिट्टै सहमति हुने उनले जनाए ।
https://youtu.be/_T-KVhzga7Q

rastrapati ko bida firta hunna

विशेष

ADVERTISEMENT