कभर स्टोरी

यिनै हुन् स्याउ बाजे जसले पहिलो पटक मुस्ताङमा स्याउ पुर्याएका थिए

यिनै हुन् स्याउ बाजे जसले पहिलो पटक मुस्ताङमा स्याउ पुर्याएका थिए
buddhi-ratan-serchan-nepalaaja-01
हिमाल पारीको जिल्ला मुस्ताङ यतीबेला धेरैको चासोको विषय बनेको छ । त्यसैले त्यहाँ पुग्नेहरु मुस्ताङको बयान गरेर थाक्दैनन । नपुग्नेहरु एकचोटी जसरी भएपनि पुगेरै छाड्छु भन्ने योजना बनाउछन । ३० वर्ष अघिसम्म मुस्ताङ मुक्तिनाथ मन्दिरले प्रसिद्ध थियो । समयको परिवर्तनसंगै मुस्ताङको अर्को विशेषता स्याउ बनेको छ । मुस्ताङे स्याउका पारखीको संख्या दिनहुँ बढ्दो छ । मुस्ताङ पुगेर फर्कदा रैथाने स्याउ बोक्न सायदै कसैले भुल्दो हो । मुस्ताङे स्याउ अब फलमा मात्र सिमित छैन । यो बोतलमा जुस र रक्सीमा परिणत भएको छ । अन्र्तराष्ट्रिय बजारमा ह्वस्की, ब्रान्डी, वाईन बनेर स्याउ फैलिएको छ । मुस्ताङमै पनि मुस्ताङे स्याउको मार्फा प्रसिद्ध छ । मुस्ताङे स्याउ प्रशिद्ध गराउने श्रेय बुद्धिरत्न शेरचनलाई जान्छ । उनले मुस्ताङमा व्यवसायी स्याउ खेतीको शुरु गरेका थिए । उनी गर्वसाथ भन्छन्, ‘नेपालमा व्यवसायी स्याउ खेती गर्ने पहिलो मै हुँ ।’ उनी ७७ वर्ष अगाडी म्याग्दीमा जन्मिएर मुस्ताङमा हुर्किए । पढ्नको लागि त्यतीबेला म्याग्दी र मुस्ताङ दुबै ठाउमा स्कुल थिएन । उनलाई सानै देखि पढ्न औधी रुची थियो । उनको वुवाको म्याग्दीमा धान खेत थियो । त्यही भएर उनीहरु ६ महिना म्याग्दी र ६ महिना मुस्ताङमा बस्नु पथ्र्यो । स्कुल नभएपनि उनको लागि पढ्न असम्भव भएन । त्यतिबेला म्याग्दीमा पण्डितका छोराहरु गुरुकुल शिक्षा लिने गर्दथे । पढ्नकै लागि शेरचनले पण्डितका छोराहरुलाई साथी बनाए । उनीहरुसँगसँगै गुरुकुल पढेर सामान्य अक्षर चिने । मुस्ताङमा पनि उनले पण्डितकै छोरासँग दोस्ती जमाए । किनकी, उनलाइ जसरी पनि पढ्नु थियो । पण्डितहरुको गाउमा मानसम्मान देखेर पढाइजस्तो ठुलो केही रहेनछ भन्ने छाप उनको दिमागमा सानैमा परिसकेको थियो । ती दिन सम्झिदै उनी भन्छन ‘त्यो पढाइको भोक र तिर्खाले मलाई काठमाण्डौ डोर्यायो । ’ बुवा पुर्णबहादुर शेरचनले उनलाई पढाउने जागर देखाएनन् । बुवा घोडा व्यापारी भएकाले घोडा व्यापार गर्न घोडाहरु लिएर देशभरी डुल्थे । चीनको तीब्बतबाट घोडा ल्याएर उनका बुवाले नेपालभर घोडा व्यापार गर्थे । बुवाको सपना उनलाई पनि घोडा व्यापारी बनाउने थियो । तर ,उनले पढेर घोडा व्यापारी भन्दा पनि ठुलो मान्छे बन्ने सपना देखिसकेका थिए । भन्छन् ‘म घोडाको पछि लागेको भए मेरो जीवन देशविदेश नदेखी बित्थ्यो । सायद मुस्ताङमा स्याउ खेती सुरुवात गर्न धेरै कुर्नुपथ्र्यो ।’ उनको सपनाको भर्याङ बन्ने काम उनको फुपुले गरिन् । त्यो जमानामा पनि उनको फुपलाई पढ्नुपर्छ भन्ने चेतना थियो । उनी फुपाजुसँग काठमाण्डौ पढ्नकै लागि छिरे । ‘मनमनै मैले प्रण गरेको थिएँ । मान्छे बनेर मुस्ताङ फर्कन्छु । मुस्ताङलाई चिनाउने काम गर्छु । ’ उनले काण्ठमाडौँ यात्रा सम्झदै भने । विं सं २००७ सालमा देशमा भर्खर प्रजातन्त्र आएको थियो । जनताको छोराछोरीहरुले भर्खरै मात्र स्कुल जान सुरु गरेका थिए । उनी छिर्दा काठमाण्डौ अहिलेको जस्तो भिडभाड थिएन । सुनसान काठमाडौँ मुस्ताङजस्तै थियो, भलै भौगोलिकरुपमा फरक किन नहोस् । सहर हेर्नको लागि असन, न्युरोड, भक्तपुर र पाटन नै पुग्नुपथ्र्यो । अरु ठाउको विकास त्यो समयमा भएकै थिएन । अन्य ठाउमा खेतीबाली हरियाली थियो । काठमाडौं सुन्दर थियो । केही समय उनी फुपाजुसँग बसे । पछि उनलाई फुपाजुलाई दुःख दिने मन भएन । त्यसैले साथीहरुसँग मिलेर बस्न थाले । ५ जना साथीहरु मिलेर बस्दा उनको भागमा ५ रुपैयाँ पथ्र्यो । त्यो सबै पैसा उनलाई फुपुले दिने गर्थिन । महिनाको ५० को दरले उनले वर्षमा ६ सय पाउँथे । त्यही ६ सयले उनले वार्षिक खर्च पुर्याउथे । ११ वर्षको हुदा उनी जुद्धोदय हाइस्कुलमा कक्षा ६ मा भर्ना भए । उनीसँगै काँग्रेस नेता सुवर्ण शमशेर राणाका छोराछोरी र अन्य मन्त्रीहरुका छोराछोरी साथी थिए । १६ वर्षमा द्धितिय श्रेणीमा एसएलसी पास गर्दा उनको भुँइमा खुट्टा थिएन । नेपालभर औंलामा गन्न सकिने एसएलसीवाला थिए । त्यसमध्येका एक थिए मुस्ताङका शेरचन । एसएलसी पछि के गर्ने के पढ्ने उनी दोधारमा थिए । साथीहरुको सल्लाहमा आईएस्सी गर्ने मनसाय उनको थियो । आइएस्सी पढ्नको लागि त्रिचन्द्र बाहेक अरु कलेज काठमाण्डौमा थिएन । उनले त्रिचन्द्रमा आवेदन दिए । त्यती बेला गोरखापत्रमा हप्तामा एकचोटी मात्र आउथ्यो । एकदिन उनी गोरखापत्र हेर्दै थिए । एक्कासी उनको ध्यान एउटा बिज्ञापनमा प¥यो । उक्त विज्ञापनमा भारतको विश्वबिद्यालयमा कृषि अध्ययनका लागि छात्रवित्तृ आह्वान गरिएको थियो । एसएलसी पासले ५ वर्ष र आइएस्सीेले ३ वर्ष पढे पुग्ने लेखिएको थियो । उनलाई कृषीमा रुची थियो । दायाँबायाँ नसोची आवेदन दिए । उनको नाम दोस्रो नम्बरमा निक्लियो । उनी संगै १६ जना छात्रवृत्तिमा पढ्न भारत गए । भारतको मौसम गर्मी हुन्छ भन्नेमा उनी विज्ञ थिए । भारत गएको ५ वर्षसम्म उनी घर आउन पाएनन् । छुट्टिको समयमा उनी भारतको काश्मिर तथा हिमाञ्चल प्रदेश पनि पुगे । त्यहाँको फलफूल तथा स्याउखेती देख्दा उनले मुस्ताङ सम्झिए । त्यतीबेला उनले मनमनै प्रतीज्ञा गरे । ‘अब मुस्ताङलाई मात्र होइन पुरै नेपाललाइ स्याउ खेतीले परिवर्तन गर्छु ।’ [caption id="attachment_35863" align="aligncenter" width="750"]buddhi-ratan-serchan-nepalaaja-03 सय वर्षिय वुवा पुर्णबहादुर शेरचनसंग स्याउबाजे[/caption]
काश्मिरको स्याउ खेती देखेर उनमा आत्मविस्वास पलायो । किनकी, मुस्ताङ ,काश्मिर र हिमाञ्चल प्रदेशको वातावरण उस्तै थियो । त्यतिबेला उनले मुस्ताङको हिमश्रृखंला सम्झिए । कालीगण्डकी र नीलगीरी सम्झीदै स्याउ, नासपाती आरुबखडा, खुरुपानी र अन्य तरकारी खेती गर्ने सपना पाले । अनी स्याउखेतीलाई उपयुक्त हुने हावापानी नेपालको कुन कुन जिल्लामा छ, त्यो पनि खोज्न थाले । भारतको भुवनेश्वर विश्वबिद्यालयबाट अध्ययन सकिसकेपछि उनी पोखरा गए । पोखरा वागवानी केन्द्रमा कृषी विशेषज्ञको पोस्ट खाली थियो । उनी त्यही पोस्टमा नियुक्ति भए । त्यसपछि १ वर्ष पोखरा वागवानी केन्द्रमा बिताए । उनको सपना मुस्ताङमा स्याउखेती गर्नु थियो । त्यसपछि उनी माटो विशेषज्ञको १२ जनाको टोली लिएर मुस्ताङ हानिए । त्यो २०२३ सालको समय थियो । यातायातको सुविधा थिएन । पैदल यात्रामा उनले कृषकहरुसँग फलफूल खेती सम्बन्धी अन्र्तक्रिया गर्दै गए । तर कुनै पनि ठाउको किसानले स्याउ खेती गर्ने जागर देखाएनन । उल्टै उनलाई ‘अन्नबाली उब्जाउ हुने ठाउमा पात झरेर उजाड हुने रुख किन रोप्नु भनेर हप्काए ।’ मुस्ताङको सदरमुकाम त्यती बेला दाना भन्ने ठाउमा थियो । हाल त्यो ठाउ म्याग्दीमा पर्छ । त्यो ठाउमा फलफुल फलाउने प्रसस्तै सम्भावना रहेको थियो । मुस्ताङको लोमान्थाङ भन्ने ठाउमा त्यतीबेला भोटे राजाहरुले राज गर्दथे । त्यहा पनि उनी स्याउखेतीका लागि पुगे । कतैबाट राम्रो प्रतिक्रिया नआएपनि उनले हिम्मत हारेनन । मुस्ताङमा केही गरेर देखाउछु भन्ने सपनाले उनलाई झक्झकाइ रह्यो । मुस्ताङको धेरै ठाउमा स्याउखेती हुन्छ भनेर कसैले विस्वास गरेनन् । त्यहाँका मानिसहरुले स्याउको स्वाद नै थाहा पाएका थिएनन् । यातायातले नजोडिएको सो ठाऊँमा स्याउ अपरिचित थियो । ‘मान्छेलाई स्याउ भन्ने थाहै थिएन, कसरी खेती गर्ने आँट आओस् ।’ हास्दै उनले विगत नियाँले । गाउबाट राम्रो प्रतिक्रिया नपाएपनि उनको स्याउखेती गर्ने सपना तुहिएको थिएन । जसरी भएपनि स्याउखेती गरेरै छाड्ने उनको दृढ प्रतीज्ञा थियो । त्यसपछि स्याउखेती गर्ने उपयुक्त जग्गा लोमान्थङमा रोजे । स्थानीय मुखिया ईन्द्रमान शेरचनले स्याउखेतीको लागि जग्गा उपलब्ध गराए । त्यही ठाउमा नै स्याउ खेती गर्नको लागि बागवानी कृषी फर्म स्थापना गराए । स्याउखेती सुरु गर्नको लागि स्याउको बेर्ना ल्याउन समस्या थियो । किनकी नेपालको कुनै पनि ठाउमा स्याउखेती सुरुवात भएको थिएन । उनले स्याउको बेर्नाहरु भारतबाट ल्याए । मुस्ताङको मार्फा भन्ने ठाउबाट स्याउखती सुरु गरे । मार्फाबाट सुरु भएको स्याउ खेती ५ वर्षमा फल्न थाल्यो । त्यसपछि किसानहरु स्याउ खेतीमा आर्कषित हुन थाले । फेरि उनले किशानहरुलाई स्याउखेती गर्ने प्राविधिक तालिम दिए । तालिम दिदाँ किसानहरुलाइ खान बस्न र भत्ता समेत दिनुपरेको थियो । पहिला १० बोट मात्र स्याउ रोप्नु भन्दा नमान्ने किसानहरु पूरै जमिनमा स्याउ रोप्न हौसिए । त्यसपछि मुस्ताङ स्याउले विस्तारै प्रसिद्ध हुदै गयो । मुस्ताङ पछि देशको विभिन्न हावापानी मिल्ने ठाउमा स्याउखेती हुदै गयो । २०२३ सालमा मुस्ताङबाट सुरु गरेको स्याउखेती पछि देशभर नै फैलियो । काश्मिरे स्याउको आत्मनिर्भरता मुस्ताङे स्याउले केही हदसम्म कम गर्यो । शेरचन भन्छन ‘अहिले पनि देशको विभिन्न ठाउमा उत्पादन भएको स्याउले नेपालको स्याउको माग धान्न सक्छ । तर, ढुवानीको समस्याले नेपालको स्याउ ओझेलमा परेको छ । मुस्ताङ र जुम्लाबाट स्याउ ल्याउनुभन्दा अन्य देशबाट स्याउ ल्याउन सजिलो भएको छ ।’ मुस्ताङमा स्याउखेती गर्नका लागि शेरचनले लामो समयसम्म मार्फा वागवानी केन्द्र सम्हालेर बसे । त्यसपछि बागवानी केन्द्रमा फलफुल खेतीको तालिम दिन देशको ७५ वटै जिल्ला चहारे । विभिन्न जिल्लामा उनले फलफुल खेतीको तालिम दिए । जुम्लामा समेत उनले स्याउ खेतीको तालिम दिए, केही समय उतै बिताए । उनी भन्छन ‘ ३० वर्षे जागिरको शिलशिलामा फलफुल खेती तालिम दिन नपुगेको जिल्ला छैन । देशका प्रत्येक जिल्लामा फलफुल खेती गर्न सिकाएको छु । ’ जागिरको सिलसिलामा उनी विचमा २ वर्ष नेदरल्याण्ड तालिमको लागि पनि पुगे । त्यही सिलसिलामा उनले युरोपियन देशहहरु समेत भ्रमण गरे । तिस वर्ष जागिर खाईसकेपछि २०५२ सालमा उनले सरकारी जागिरबाट बिदा भए । उनी जीवनमा आराम गर्न चाहन्थे । आफु हुर्केको ठाउमा अझै केही गर्न चाहन्थे । त्यसैले उनले मुस्ताङमा नै केही गर्नको लागि सरकारी जागिरबाट अवकाश लिए । [caption id="attachment_35862" align="aligncenter" width="750"]buddhi-ratan-serchan-nepalaaja-02 स्याउबाजे र उनकी धर्मपत्नी[/caption]
जागिरबाट अवकाश लिईसकेपछि उनी फेरि मुस्ताङ फर्किए । मुस्ताङमा नै बसेर आफ्नो गाउठाउको समाजसेवामा सक्रिय भए । गाउमा स्कुल बनाउनको लागि उनले २५ रोपनी जग्गा दान दिए । त्यही जग्गामा जनआर्दश उच्च माध्यमिक विद्यालय बनेको छ । मुस्ताङमा नै उच्च शिक्षा लिने मौका धेरैले पाएका छन । त्यती गर्दा उनको जीवनमा सन्तुष्टी मिलेको उनी बताउछन । प्रसिद्ध कवी भुपी शेरचन मुस्ताङकै हुन । भुपी बुद्धिरत्नको नजिककै आफन्त पर्छन । मुस्ताङमा कवी भुपीको नाममा भुपी स्मृती पुस्तकालय बनाउने कुरा भयो । उनले उक्त पुस्तकालय निमार्णको लागि १ लाख रुपैयाँ दान दिए । उनकै दानले पुस्तकालय निर्माणमा कडीको काम गर्यो । शेरचन भन्छन् ‘मुस्ताङलाई चिनाउने मुक्तिनाथ, यहाँको वातावरण ,कवी भुपी र मुस्ताङे स्याउले नै हो । तर, मलाइ पछिल्लो पुस्ताले चिन्दैन । ’ उनलाइ चिन्ने बुढापाका धेरै छैनन । मुस्ताङमा धेरैले सुनेका छन्, ‘स्याउबाजे’ बुद्धिरत्न शेरचन हो । तर, ती मध्ये कमै मात्रले उनलाइ भेटेका छन्, चिनेका छन । मुस्ताङको ‘स्याउबाजे ’अहिले काठमाण्डौको बानेश्वरमा बस्छन् । ७७ वर्षे उमेरमा पनि उनी अत्यन्तै स्वस्थ र तन्दुरुस्त छन । त्यसैले उनी समय समयमा मुस्ताङ आउजाउ गरिरहन्छन । उनी भन्छन ‘अझै जवान छु, हिडडुल राम्रोसँग गर्न सक्छु । मुस्ताङको लागि अझै धेरै गर्ने सोच बनाएको छु ।’ उनका बुवा पुर्णबहादुर सय वर्षको हुँदा पनि चश्मा नलगाइकन पढ्न सक्छन् । त्यसैले उनलाइ आफुले मुस्ताङको लागि काम गर्न धेरै समय बाँकी भएको बताउछन । उनलाई मुस्ताङमा पर्यटकहरु खचाखच देख्दा खुसी लाग्छ । मुस्ताङको स्याउको चर्चा जताततै हुँदा उनलाई आत्मसन्तुष्टी हुन्छ । कसैले ‘स्याउ बाजे’ भनेर चिनिदियो भने उनी फुरुङग हुन्छन् । त्यसैले त उनी प्रसिद्ध कवी भुपिनले उनको बारेमा लेखेको यो कविता सम्झिरहन्छन् । ‘स्टीप जब्सले अलीकती टोकेर । जुठो पारेको स्याउको दाना विश्व बजार डुल्छ पातको जुल्फी हल्लाउँदै । यता मुस्ताङमा विल्कुल गुमनाम छन् ओम माने पेने जप्ने स्याउ बाजे । उनै हुन जसले गरे केवल स्याउका बोटसंग अमर प्रेम । त्यही रसीलो बोटसंग गरे घरजम । खर्चीए ऋतुका संयौ चक्र र जन्माए बिस हजार सन्तान हरु । उनै हुन जसले चखाए देशलाई मुस्ताङे स्याउको चोखो स्वाद । उनै हुन जसले रोके कास्मीरे स्याउको दादागिरी ।’   प्रस्तुति – सागर बुढाथोकी

apple baje buddhi ratan serchan syau baje

विशेष

ADVERTISEMENT