देश

भारतले सीमानामा नेपाली रिक्सा ठेलामा रोक लगायो

भारतले सीमानामा नेपाली रिक्सा ठेलामा रोक लगायो
कात्तिक ९ । भारतमा सुरक्षाको कारण देखाउँदै भारतीय सुरक्षाकर्मीले सीमानाकामा आउनेजाने रिक्सा र ठेलामा रोक लगाएको छ । riksa रिक्सा र ठेल्लामा रोक लगाएपछि यहाँका रिक्सा चालकको बिचल्ली भएको स्थानीय विद्यार्थी मिकाइल आलमले जानकारी दिए । हरीपुर गाविसको भाण्टावारी र भारतको विहार राज्यको भिमनगरमा सवारी ओहोरदोहार गर्न प्रयोग गर्ने बाटोबाट आवतजावत गर्न भारतीय प्रहरीले रोक लगाएपछि उनीहरूको बिचल्ली भएको आलमले बताए । दैनिकजसो भिमनगर भाण्टावारी सवारी ओसारपोसार गरी परिवारको जीवीकोपार्जन गर्दै आएका दर्जनौ यहाँका रिक्सा तथा ठेला चालकहरुको अवस्था अहिले दयनीय बनेको स्थानीय पप्पु यादवले जानकारी दिएका छन् । दैनिक पाँच सय देखि एक हजार रुपियाँसम्म आम्दानी गर्दै आएका रिक्का चालकले अहिले एक सय देखि तीन सय रुपियाँ कमाउन पनि मुस्किल हुने गरेको चालकहरु बताउँछन । उनीहरुले सीमामा भारतीयले कठाई गरेदेखि परिवार पाल्न पनि आफूहरुलाई समस्या भएको गुनासो गरेका छन । भाण्टावारी भिमनगर सीमाका तीन कुनै नाकाबाट रिक्सा, ठेला लगायतका सवारी साधनहरु सहज रुपमा आवतजावत गर्न दिएपनि तलको ग्राविल बाटोमा रोक लगाउदाँ अप्ठयारो भएको उनीहरुले बताएका छन् । बिगत १० वर्षदेखि यस क्षेत्रमा रिक्सा चलाएर परिवारको गुजारा गर्दै आएका हरिपुर भाण्टावारीका कलिम मियाँले तीन कुनेको बाटो भएर जादाँ उकालो भएकाले बढी कामाई गरेकोमा बन्द गरेपछि समस्या भएको बताए ।

bhantabari bharatiya nakama riksa ma pratibanda India riksa