राजनीति

एमाले-माओवादी झगडिया, संसदमा काग्रेसले न्यायधीशको भूमिका खेल्ने

एमाले-माओवादी झगडिया, संसदमा काग्रेसले न्यायधीशको भूमिका खेल्ने
कात्तिक ९ ।नेपाली कांग्रेसले लोकमानलाई महाभियोग लगाउने विषयमा एमाले, माओवादी र लोकमानसिंह कार्की झगडिया जस्तो भएको भन्दै कांग्रेसले संसद्मा न्यायाधीशको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । nepali-congress लोकमानका विषयमा सत्तारुढ र प्रतिपक्षी दलले छापामार शैलीमा महाअभियोग प्रस्ताव ल्याएको र त्यसको जस्टिफिकेसन उनीहरुबाट नआएको भन्दै अख्तियार प्रमुख र एमाले माओवादी झगडिया जस्तो देखिएको उसको ठम्याइ छ । ’लोकमानलाई ल्याउन पनि कांग्रेसलाई गुम्राहमै राखेर एकै पटक समर्थन गर्न बाध्य पारिएको थियो’ कांग्रेस संसदीय दलकी सचेतक समेत रहेकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले भनिन् ’अहिले उनलाई हटाउँदा पनि अत्यन्त अपारदर्शी ढंगले प्रस्ताव आएको छ। त्यसैले कांग्रेसले साक्षी नबस्ने, बरु न्यायाधीशको भूमिका निर्वाह गर्ने निर्णय गरेको हो ।’

BICC lokman nekapa umale Nepali Congress