विदेश

पाकिस्तानमा भारतीय च्यानलमाथि रोक

पाकिस्तानमा भारतीय च्यानलमाथि रोक
कात्तिक – ४ । पाकिस्तानमा भारतीय टिभी च्यानलका सामग्री प्रशारणमा रोक लगाएको छ । इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरीटी (पेमरा)ले भारतीय टिभि च्यानलका सामग्रीमा रोक लगाएको हो । india-pakistan पाकिस्तानको राजधानी इस्लामावादमा भएको बैठकले शुक्रबारदेखि नै भारतीय टिभी च्यानल बन्दगर्ने निर्णय गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । पेमराले विज्ञप्ती निकालेर उक्त कुरा बताएको छ, ‘शुक्रबार २१ अक्टोबर दिउँसो तीन बजेदेखि पाकिस्तानमा भारतीय टिभी च्यानलको प्रसारण सम्पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।’ प्रतिबन्ध उल्लंघन गरे कानूनी रुपमा कारबाही गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

India Pakistan telivision