समाचार

आइतबारसम्मका लागि संसद बैठक स्थगित

आइतबारसम्मका लागि संसद बैठक स्थगित
कात्तिक ४ । व्यवस्थापिका संसद्को बिहीबार बस्ने भनिएको बैठक आईतबारसम्मको लागि स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेको लागि बोलाईएको बैठक सूचना ताँस गरी आईतबारसम्मको लागि स्थगित गरिएको व्यवस्थापिका संसद्का सचिवालयका सहसचिव हिमलाल सुवेदीले जानकारी दिए । biccबिहीबारको कार्यतालिकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरूद्ध परेको महाभियोग प्रस्ताव माथि छलफल गर्ने कार्य तालिका राखिएको थियो । तर यसरी अकस्मात् बैठक स्थगित भएको भएपनि के कारणले बैठक स्थगित गरियो भन्ने विषयमा भने सूचनामा केही पनि उल्लेख गरिएको छैन ।

BICC samsad baithak sthagit