विदेश

चीनले पठायो अन्तरिक्षमा आफ्नै अन्तरिक्षयात्री

चीनले पठायो अन्तरिक्षमा आफ्नै अन्तरिक्षयात्री
कात्तिक–२ । चीनले आफ्नै दुई चिनियाँ अन्तरिक्षयात्री सहित अन्तरिक्षयान शेनजू–११को प्रक्षेपण गरेको छ । यसका साथै अमेरिका र रुसपछि आफ्नै अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा पठाउने चीन तेस्रो राष्ट्र बनेको छ । china गोवी मरुभूमिमा बनाइएको जियोचुयान स्याटलाइट लन्च सेन्टरबाट सोमबार बिहान शेनजू–११ प्रक्षेपण गरिएको हो । अन्तरिक्ष यानमा ४९ वर्षका जिंग हैपेंग र ३७ वर्षका चेन डोंग अन्तरिक्षमा गएका हुन् । दुवै अन्तरिक्षयात्री एक महिनासम्म अन्तरिक्ष प्रयोगशाला थियानगोंग–२ मा बस्नेछन् । यो चिनियाँ अन्तरिक्ष यात्रीको सबैभन्दा लामो अन्तरिक्ष बसाइ हुनेछ ।

China