खेल

धोनी एकदिवसीय क्रिकेटको दोस्रो सफल कप्तान

धोनी एकदिवसीय क्रिकेटको दोस्रो सफल कप्तान
कात्तिक - १ । महेन्द्रसिंह धोनी एकदिवसीय क्रिकेटको दोस्रो सफल कप्तान बनेका छन् । आइतबार राती भारतको धर्मशाला न्युजिल्यान्डविरूद्धको पहिलो एकदिवसीय खेलमा ६ विकेटले जितेपछि उनको नाममा यो कीर्तिमान बन्न पुगेको हो । यसअघि अस्ट्रेलियाका पूर्व कप्तान एलन बोर्डरको नाममा यो कीर्तिमान थियो । ms-dhoni धोनी सन् २००७ मा भारतको एकदिवसीय टिमको कप्तान नियुक्त भएका थिए । उनको नेतृत्वमा भारतले खेलेको १ सय ९५ खेलमा १ सय ८ मा जीत हासिल गरेको छ । बोर्डरको नेतृत्वमा अस्ट्रेलियाले खेलेको १ सय ७८ खेलमा १ सय ७ मा जीत हात पारेको थियो । धोनीभन्दा अघि अब अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ छन् । पोन्टिङको कप्तानीमा अस्ट्रेलियाले २ सय ३० खेलमा १ सय ६५ मा जीत हात पारेका हुन् ।

Cricket India MS Dhoni