अपराध सुरक्षा

क्याडबरी चकलेटमा सुँगुरको डिएनए भेटियो

क्याडबरी चकलेटमा सुँगुरको डिएनए भेटियो

एजेन्सी– चकलेटको दूनियाँमा क्याडबरीको बजार विश्वभर नै जबर्जस्त छ । डेरि मिल्क ब्रान्डमा आउने यी चकलेट दुधबाट बनेको विश्वासमा मानिसहरुले खाने गर्दछन् । तर डेरि मिल्कमा मिल्क होइन सुँगुरको डिएनए पाइए पछि के गर्ने ?

articlescadbury_3-transformedसुँगुरको डिएनए भेटिएको घटना भने मलेसियामा हो । जहाँ बहुसंख्यक मानिसहरु मुस्लिम छन् । हिन्दुलाई गाई काट्दा जति पाप लाग्छ, मुसलमानले सुँगुरलाई छुँदा मात्रै पनि त्यति नै पाप लाग्छ भन्ने धार्मिक विश्वास छ । मलेसियामा सुँगुर खाने त के छुने पनि गरिँदैन । त्यही देशमा डेरि मिल्कको परीक्षण गर्दा सुँगुरको बोसो मिसाइएको पाइएको हो ।

क्याडबरी डेरि मिल्कका दुई ब्रान्डमा सुँगुरका डिएनए पाइएको थियो । यो घटना दुई वर्ष अगाडिको हो । घटनापछि क्याडबरीले ती दुई ब्रान्ड बजारबाट फिर्ता लिएको थियो ।

क्याडबरीको त्यो महाभूलबाट मलेसियाा जनता धेरै क्रोधित पनि भए ।

तस्बिरमाः मलेसियाका इस्लामिक डेभेलपमेन्ट विभागका महानिर्देशक डुटुक ओथमान मुस्तफा क्याबरीमा भेटिएको सुँगुरको डिएनए रिपोर्ट सार्वजनिक गर्दै ।